काठमाडौँ । अहिले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नक्खु कारागार परिसरमा आगजनी गर्न उक्साएको भन्दै एउटा भिडिओ भाइरल भएको छ । उक्त भिडियो ॅबाबा’ नामको एक्सबाट सार्वजनिक भएको छ ।
सार्वजनिक भिडिओमा युवाहरूको जमातले गेटमा आगो लगाइरहेको देखिन्छ भने निवर्तमान सांसदसमेत रहेका झा हात हल्लाएर आगजनीस्थलबाट हिँडेको देखिन्छ ।
भिडियोमा ‘मेरो साथी “डेटा” र “स्ट्राटेजी” मा चैं खत्रा हो भन्ठानेको, फिल्ड मोबिलाइजेशनमा झन् खत्रा रेछ’ क्याप्शन लेखिएको छ ।
सामाजिक सञ्जालमा भिडिओ राख्नेले भने उनले युवाहरूलाई कारागारमा आगो लगाउन उक्साएर भागेको आरोप लगाएका छन् ।
हेर्नुहोस्, सामाजिक सञ्जालमा राखिएको भिडिओ–
मेरो साथी ‘डेटा’ र ‘स्ट्राटेजी’मा चैं खत्रा हो भन्ठानेको, फिल्ड मोबिलाइजेशनमा झन् खत्रा रेछ !😂🤪
pic.twitter.com/oMzZDvT5wA— बाबाजी (@baabajee) September 19, 2025
यद्यपि उक्त भिडिओको प्रामणिकता स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।
त्यस्तै केही दिन पहिला सोही पार्टीसँग सम्बन्धित निवर्तमान सांसदसमेत रहेकी नेतृ तोषिमा कार्कीले संसद भवन जल्दै गर्दा खुशीयाली व्यक्त गर्दै विभिन्न व्यक्तिहरूसँग अंकमाल गरेको र संसद भवन परिसमै रहेको भिडियो पनि सार्वजनिक भएको थियो ।
त्यस्तै केही दिन पहिला पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले “अराजकतालाई प्रश्रय दिने कार्यमा संलग्न सम्बन्धित सबैलाई पार्टीसँगको आवद्धता छाड्न र अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह” भन्ने शिर्षकमा विभिन्न विषयहरूलाई उल्लेख गर्दै एउटा लामो स्टाटस लेखेका थिए ।
आचार्यको स्टाटसका अनुसार जेनजी आन्दोलनको नाममा भएको विध्वंसका घटनाहरू घटाउन सो पार्टीबाट पनि ठूलै मात्रामा घुसपेठ भएको बुझिन्छ ।
रास्वपाका नेताहरूका यसप्रकार क्रियाकलाप बाहिर आउनुले त्यस पार्टी भित्र रहेको ‘राजनीतिक स्टण्टवाजी’ को आकांक्षाको उजागार गर्दै त गएको छैन ?