• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

संविधानको संरक्षण र परिस्कृत गर्दै अगाडि लैजानु पर्नेमा युवक संघको जोड


  •   शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । संविधान दिवसप्रति अखिल नेपाल युवक संघले सम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गरेको छ ।

    Advertisement

    सङ्घका केन्द्रीय अध्यक्ष गणेश अधिकारीले २०८२ असोज ३ गते एक वक्तव्य जारी गरी संविधानप्रतिको सम्मान, यसको संरक्षण र परिस्कृत गर्दै अगाडि लैजानु पर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    ‘वर्तमान संविधानले जनताको केही अधिकारलाई सुनिश्चित गरेको छ, तर अझै वर्गीय असमानताका खाडलहरू कायम नै छ ।’ अधिकारीले वक्तव्यमा लेख्नुभएको छ– ‘प्राप्त जनाधिकारलाई रक्षा, लोकतन्त्रलाई संस्थागत, संघीयता गर्दै निरन्तर र निर्मम वर्गसंघर्षले मात्र देशलाई जनगणतन्त्रको दिशामा अगाडि बढाउन सकिन्छ ।’

    वक्तव्यमा लेखिएको छः

    “संविधान दिवसको अवसरमा अखिल नेपाल युवक संघ सम्पूर्ण नेपाली जनतालाई शुभकामना अर्पण गर्दछौँ । साथै संविधानप्रतिको सम्मान, यसको संरक्षण र परिस्कृत गर्दै अगाडि लैजानु पर्ने आवश्यकतामा जोड दिन्छ ।

    नेपालको संविधान कुनै शासकद्वारा उपहार स्वरूप आएको होइन, यो जनताको लामो संघर्ष, बलिदान र ऐतिहासिक आन्दोलनको परिणाम हो । २०६२/६३ को जनआन्दोलनले राजतन्त्रको निरंकुश हस्तक्षेपलाई समाप्त गर्दै नयाँ गणतान्त्रिक युगको ढोका खोलेको थियो । त्यही संघर्षकै जगमा २०७२ सालको संविधान जन्मिएको हो । तर संविधानमाथि बारम्बार हस्तक्षेप गर्ने प्रवृत्ति गहिरो रूपमा जरा गाडेर बसेको छ । त्यसैले संविधान दिवसको अवसरमा हामीले केवल उत्सव मनाउने मात्र होइन, यसको निरन्तर रक्षा र जनमुखी संविधान बनाउन लागि पनि आवाज उठाउनु पर्नेमा जोड दिनुपर्दछ ।

    वर्तमान संविधानले जनताको केही अधिकारलाई सुनिश्चित गरेको छ, तर अझै वर्गीय असमानताका खाडलहरू कायम नै छ । प्राप्त जनाधिकारलाई रक्षा, लोकतन्त्रलाई संस्थागत, संघीयता गर्दै निरन्तर र निर्मम वर्गसंघर्षले मात्र देशलाई जनगणतन्त्रको दिशामा अगाडि बढाउन सकिन्छ । यही माग नै आम न्याय–प्रेमी श्रमजिबी जनता र युवाहरूको माग हो ।

    तसर्थ, युवापुस्ताले संविधानको रक्षा मात्र होइन, यसको कमजोरी सच्याएर नयाँ सम्भावना निर्माण गर्नको लागि अग्रणी भूमिका खेल्नु पर्दछ । आजको दिन हामी सम्पूर्ण युवालाई आह्वान गर्दछौँ कि, संविधानलाई अस्वीकार गर्ने प्रतिगामी प्रवृत्ति र संविधानलाई पूर्ण भनेर महिमामण्डन गरेर आत्मसन्तुष्टिमा रमाउने दुबै गलत कुरा हुन् ।

    बर्तमान संविधानलाई जनआन्दोलनको उपलब्धि स्वरूप स्वीकार्दै, यसको सुधार, सुदृढीकरण र जनगणतान्त्रिक संविधान प्राप्तको लागि निरन्तर संघर्ष जारी राख्नु पर्दछ । संविधानको वास्तविक संरक्षण तब मात्र सम्भव हुन्छ, जब युवा पुस्ताले संघीयता खारेजी, भ्रष्टाचार, रोजगारी, निरंकुशता, असमानता र वैदेशिक हस्तक्षेप विरुद्ध एकताबद्ध भई निरन्तर प्रतिरोध गरिरहन्छन् ।

    यस संविधान दिवसमा अखिल नेपाल युवक संघ सबैलाई यही सन्देश दिन चाहन्छ कि संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास र नयाँ जनगणतान्त्रिक नेपाल निर्माणका लागि युवापुस्ताले अझ सबल, सचेत र प्रतिबद्ध भइ वर्ग संघर्षलाई निरन्तर अघि बढाएर मात्र देशले मुहार फेर्ने छ ।”

    शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.