• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

संविधानको रक्षामा विशेष जोड दिन मसालको अपिल


  •   शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले २०७२ सालको संविधानको रक्षामा विशेष जोड दिन अपिल गरेको छ ।

    Advertisement

    एघारौँ संविधान दिवसको अवसरमा २०८२ असोज ३ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो अपिल गरेको हो ।

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमा वर्तमान संविधानलाई सैद्धान्तिक र रणनीतिक रूपमा स्वीकार नगर्ने उल्लेख गरिएको छ । यस सन्दर्भमा आफूहरूको जाड नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नेतर्फ रहेको स्पष्ट पारिएको छ ।

    त्यस्तै, संविधानमा उल्लेख सङ्घीयताप्रति आफूहरूको विरोध रहेको स्मरण गराइएको छ ।

    त्यसका बाबजुद मसालले राजावादी र अहिलेको जेनजी आन्दोलनको क्रममा समेत गैरदलीयता वा संविधानको पुनर्लेखनजस्ता विषय उठाएर गैरदलीय सरकार गठन र संसद् विघटन गर्दै संविधानमाथि हमला भइरहेकाले त्यसको रक्षा हुनुपर्ने धारणा व्यक्त गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “आजको संविधान दिवसलाई नेकपा (मसाल) ले स्वागत गर्दछ र संविधानको रक्षा गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिन्छ । त्यसप्रति हामीले सम्पूर्ण जनताको पनि ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    वर्तमान संविधानलाई सैद्धान्तिक र रणनीतिक रूपले हामीले स्वीकार गर्दैनौँ र त्यसको ठाउँमा वर्तमान अवस्थामा अर्थात् अहिलेको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा आमूल परिवर्तन गरेर नयाँ जनवादी क्रान्ति सफल पार्ने र त्यसरी देशमा नयाँ जनवादी गणतन्त्र कायम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ तर हाम्रो यो पनि स्पष्ट र दृढ विचार छ कि देशको अहिलेको ठोस परिस्थितिमा वर्तमान संविधान, गणतन्त्र, धर्मनिरपेक्षतासमेतको प्रगतिशील महत्त्व छ र त्यसैले हामीले वर्तमान संविधानको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ । त्यसका साथै हामीले यो कुरा पनि स्पष्ट गर्न चाहन्छौँ कि विद्यमान संविधानमा व्यवस्था गरिएको सङ्घीयताप्रति हाम्रो पूरा विरोध छ । हामीले त्यसलाई खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणाली कायम हुनुपर्दछ भन्ने कुरामा जोड दिन चाहन्छौँ ।

    देशमा राजावादी र अन्य कतिपय पक्षले संविधानमाथि आक्रमण गर्दै आएका छन् । जेनजी आन्दोलनपछि पनि एक वा अर्को प्रकारले संविधानमाथि हमला बढेर गएको छ । उनीहरूले कुनै बेला संविधानलाई पुनर्लेखन गर्ने कुरामा जोड दिन्छन् भने कुनै बेला संविधानमा व्यवस्था गरिएको दलीय प्रणालीलाई पूरै समाप्त गर्ने कुरा गर्दछन् । अहिले जसरी संविधानको प्रावधानलाई अतिक्रमण गरेर मन्त्रिमण्डलको गठन वा संसद्लाई विघटन गर्ने काम गरियो र गैरदलीय आधारमा मन्त्रिमण्डलको गठन गरियो, त्यसबाट उनीहरूले एक वा अर्को प्रकारले संविधानमाथि आक्रमण गर्न खोजिरहेको कुरा नै बुझिन्छ । त्यस्तो अवस्थामा संविधान वा त्यसअन्तर्गत गणतन्त्र, धर्मनिरपेक्षता र दलीय व्यवस्थाको रक्षाको प्रश्न एकदम अहम् प्रश्न बन्न गएको छ ।

    आज संविधान दिवसको अवसरमा हाम्रो पार्टीले संविधानको रक्षाका लागि विशेष जोड दिन र त्यसका लागि सम्पूर्ण जनतालाई अगाडि आउन अपिल गर्दछ ।”

    शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.