• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा खेद प्रकट


  •   बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
  • अर्घाखाँची । उदेश्य भन्दा बाहिर गएर विभिन्न राजनीतिक दल, सरकारी कार्यालय एवंं निजी घर र भौतिक संंरचनाहरू नष्ट गर्ने कार्य निन्दनीय भएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बताएको छ ।

    Advertisement

    ‘जेनजी पुस्ताको आन्दोलनको उदेश्यभन्दा बाहिर विभिन्न जिल्लामा रहेका अन्य राजनीतिक दल, सरकारी कार्यालय र निजी घर एवं सरकारी गाडीमा समेत तोडफोड, आगजनी र चोरी भएको कार्यप्रति राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले खेद प्रकट गर्दछ’ जिल्ला उपाध्यक्ष गोपाल पौडेलले असौज १ गते जारी विज्ञप्तिमा उल्लेख छ– ‘देशमा ठुला भनिने राजनीतिक दलहरूले वि.सं. २०४६ सालपछि चरम भ्रष्टाचार, विभेद, बेथिति, कू–शासन, स्वयच्छाचारी क्रियाकलापले गर्दा नेपाली जनताले वर्तमान परिस्थितीको परिणाम बेहोर्नुपरेको छ ।’

    विज्ञप्तिमा लेखिएको छः

    “वि.सं. २०८२ साल भाद्र २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनबाट सिर्जित घटनाक्रमप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको ध्यानाकर्षण भएको छ । सर्वप्रथम उक्त आन्दोलनको क्रममा ज्यानको आहुती दिने अर्घाखाँचीको भूमिकास्थान–४, फलामखिल्ली धारापानीका माधव सारु सहित सम्पूर्ण युवाहरूप्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दछौँ । साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रदान गर्दछौँ । आन्दोलनकै क्रममा भएका सम्पूर्ण घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । मृतकको दाहसंस्कार, परिवारलाई राहत र घाईतेको उपचारको सम्पूर्ण व्यवस्थापन निःशुल्क रुपमा गर्नपनि हामीले सरकारसँग जोडदार माग गर्दछौँ ।

    हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको स्पष्ट धारणा छ कि जेनजी पुस्ताको आन्दोलन वास्तवमा देशको चरम भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धका बिरुद्ध भनिएको थियो । भष्टाचारको अन्त्य गरि देशमा सुशासन कायम गर्न खोज्नु आन्दोलनको सकरात्मक पक्ष हो । नेपालका ठुला भनिने राजनीतिक दलहरू वि.सं. २०४६ सालपछि पटक–पटक सरकारमा बस्दा भएको चरम भ्रष्टाचार, बलात्कार, हिंसा, विभेद, बेथिति र कू–शासन जस्ता जघन्य अपराधलाई संरक्षण गर्ने र सत्तामा बस्दा स्वयच्छाचारी हुने क्रियाकलापले गर्दा आज यो परिणाम सिर्जना भएको छ । मूलुकमा विभिन्न समयमा भएका संघर्ष र आन्दोलनको परिवर्तनपछि गणतन्त्र प्राप्त भएको छ । यि उपलब्धिहरूलाई संस्थागत गर्नुनै अहिलेको हाम्रो मुख्य जिम्मेवारी रहेको छ । यो कार्यमा जेनजी पुस्ताहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ र हुनुपर्दछ भन्ने हाम्रो ठहर छ । जेनजी पुस्ताले गरेको आन्दोलनका सकरात्मक पक्षहरूमाथि घुसपैठ गरि देशमा ठुलो जनधनको क्षति हुन पुगेको छ । यसप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षणा भएको छ ।

    अर्घाखाँचीमा पनि जेनजी पुस्ताको आन्दोलनको उदेश्यभन्दा बाहिर गएर हाम्रो पार्टीको कार्यालय सहित जिल्लामा रहेका अन्य राजनीतिक दल, सरकारी कार्यालय र निजी घर एवं सरकारी गाडीमा समेत तोडफोड, आगजनी र चोरी भएको छ । यस प्रकारको अमानविय कार्यप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा खेद प्रकट गर्दछ । साथै सार्वजनिक एवं निजी सम्पत्तिमाथि गरिएको तोडफोड, आगजनी र चोरीको घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषिलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदछौँ । यस विशम् परिस्थितिमा पार्टीका कार्यकर्ता, शुभचिन्तक, जेनजी पुस्ता र आम नागरिकहरूमा संयम र धैर्य रहि वातावरणः सहज बनाउनका लागि अपिल गर्दछौँ । आगामी दिनमा जिल्लामा हुने सबैखाले वेथिति, अन्याय, अत्याचार, भष्टाचार र कु–शासनका विरुद्ध तथा जिल्लाको समृद्धिका निम्ती सबै हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता सहित यी प्रेस विज्ञप्ति जारी गरिएको छ ।”

    बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.