सन्धिखर्क । अर्घाखाँची जिल्लाको भूमिकास्थान–२ ढाकाबाङकी राष्ट्रिय जनमोर्चाकी ज्येष्ठ सदस्य रेमी खनालको निधन भएको छ ।
२०८२ असोज १ गते बुधबार ८७ वर्षको उमेरमा उहाँको निधन भएको हो ।
स्मृतिशेष रेमीको भूमिकास्थानस्थित स्थानीय घाटमा बुधबार नै श्रद्धाञ्जलीसँगै दाहसंस्कार गरिएको थियो । दाहसंस्कारपूर्व रेमीको सम्मानस्वरूप घाटपरिसरमै शोक कार्यक्रम गरिएको थियो ।
त्रिवेणी साकोसका कार्यालय प्रमुख तुल्सीराम खनालको सञ्चालनमा अघि बढेको कार्यक्रममा एक मिनेट मौनधारणपश्चात् रेमीको पार्थिव शरीरमा टिका र फूल चढाएर श्रद्धाञ्जली दिइएको हो ।
कार्यक्रममा भूमिकास्थान नगरप्रमुख झबिलाल थापा, राजमो केन्द्रीय सदस्य सागर केसी, राजमो अर्घाखाँचीका सचिव बाबुराम पन्थी, कोषाध्यक्ष गोविन्द बिसी, नेपाली काङ्ग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, नेकपा (एमाले) का जिल्ला उपाध्यक्ष शम्भु पोखरेल र नेता खुबिराम आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका सभापति हरिप्रसाद भुसाल, लुम्बिनी प्रदेश मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसाल, प्रेस चौतारीका लुम्बिनी प्रदेश समितिका अध्यक्ष शोभाखर पन्थी, भूमिकास्थान–१ का वडाध्यक्ष गोपाल खनाल, भूमिकास्थान–२ का वडासदस्य नारायण खनाल, भूमिकास्थान–३ का वडाअध्यक्ष कृष्णप्रसाद बन्जाडेसहित उद्योगी, व्यवसायी, निर्माण व्यवसायीलगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
स्मृतिशेष रिमी खनाल ढाकाबाङ भलाटारी निवासी राजमोका ज्येष्ठ सदस्य हरिलाल खनालकी श्रीमती हुनुहुन्थ्यो । उहाँको परिवारमा छोराहरू भुवानन्द खनाल, झविन्द्र (दुर्गा) खनाल, कविराम खनाल, छोरीहरू पार्वता भुसाल, निमा बेलबासे, तुलसा पौडेल, कौशला खनाल र गोमा बन्जाडेसमेत हुनुहुन्छ ।
