सन्धीखर्क (अर्घाखाँची) । राष्ट्रिय जनमोर्चा भूमिकास्थान–२ ढाकावाङको जेष्ठ सदस्य रेमी खनालको निधन भएको छ । प्राप्त जानकारी अनुसार खनालको बुधबार ८७ बर्षको उमेरमा मृत्यु भएको हो ।
खनालको भूमीकास्थान स्थित स्थानीय घाटमा बुधबार नै अन्तिम श्रद्धाञ्जली पछी दाहसंस्कार गरिएको छ । दाहसंस्कार पूर्व स्मृतीशेष रेमी खनालको सम्मान स्वरुप घाटपरिसरमै शोक कार्यक्रम गरि श्रद्धाञ्जली दिइएको थियोे ।
त्रीवेणी साकोसका कार्यालय प्रमुख तुल्सीराम खनालको सञ्चालनमा सम्पन्न शोक कार्यक्रममा एक मिनेट मौनधारण पश्चात् रेमी खनालको पार्थिव शरीरमा टीका र फुल चढाएर श्रद्धाञ्जली प्रदान गरिएको थियो ।
कार्यक्रममा भूमिकास्थान नगरप्रमुख झविलाल थापा, राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी., जिल्ला सचीव बाबुराम पन्थी, कोषाध्यक्ष गोविन्द वि.सी., नेपाली काँग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा एमाले जिल्ला उपाध्यक्ष शम्भु पोखरेल, नेता खुबिराम आचार्य, रास्वपा जिल्ला सभापति हरी प्रसाद भुसाल, लुम्बिनी प्रदेश मुख्यमन्त्रीका स्वकीय सचीव कुशल भुसाल, प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थी, भूमिकास्थान–१ का वडाध्यक्ष गोपाल खनाल, भूमिकास्थान–२ का वडा सदस्य नारायण खनाल, भूमिकास्थान–३ का वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडे सहित उद्योगी/व्यवसायी/निर्माण व्यवसायी लगायत स्थानीयको बाक्लो उपस्थिति रहेकोे थियोे ।

ढाकावाङ, भलाटारी निवासी रेमी खनालको श्रीमान हरीलाल खनाल, छोराहरू भुवानन्द खनाल, झविन्द्र (दुर्गा) खनाल, कविराम खनाल, छोरीहरू पार्वता भुसाल, निमा वेल्बासे, तुलसा पौडेल, कौशला खनाल र गोमा बन्जाडे छन् ।