काठमाडौँ । राष्ट्रिय जनमोर्चा चितवनले जेनजी प्रदर्शनको क्रममा ध्वस्त भौतिक संरचनाको पुनर्निमाणमा लाग्न आग्रह गरेको छ ।
Advertisement
जिल्ला अध्यक्ष अमरबहादुर क्षेत्रीको हस्ताक्षरमा २०८२ असोज १ गते बुधबार प्रेसविज्ञप्ति जारी गर्दै राजमोले सो आग्रह गरेको हो ।
वक्तव्यमा भनिएको छ– “यस्तो विषम परिस्थितिमा थप अराजकता फैलाउने गतिविधि रोक्न तथा क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न जिल्लाका सबै सरोकारवाला सङ्घसंस्था एवम् आम जनताको एकताबद्ध प्रयत्नबाट पुनः निर्माणमा लाग्न तथा वातावरणलाई सहज बनाउन अपिल गर्दछौँ ।”
वक्तव्यमा गणतन्त्र र संविधानका विरुद्ध हुने कुनै पनि कार्य वा हस्तक्षेप राजमोलाई स्वकिार्य नहुने पनि बताइएको छ ।