काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।
Advertisement
२०८२ भदौ ३० गते सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम भदौ ३१ गते मङ्गलबार रातिदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गरिएको हो ।
प्रतिनिधि सभा यसअघि नै विघटन भइसकेकाले र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेसँगै सरकारलाई अध्यादेश ल्याउने बाटो खुलेको देखिन्छ ।
