वीरेन्द्रनगर । सुर्खेतको चिङगाड गाउँपालिकाको वडा नम्बर ४ सियालामा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।
Advertisement
केन्द्रीय सदस्य नरबहादुर सिंहको प्रमुख आतिथ्यमा २०८२ भदौ ३० गते सोमबार सम्पन्न भेलामाझ सो समिति गठन भएको हो ।
समितिको अध्यक्षमा सेते दमाई, सचिवमा दीपेन्द्र परियार तथा सदस्यमा भने दमाई, भक्तबहादुर नेपाली, भिनिसरा दमाई र विशाल चन्द रहनुभएको छ ।
भेलामा केन्द्रीय सदस्य सिंहले तात्कालिक राजनीतिक परिस्थितिबारे प्रशिक्षण दिनुनभएको थियो ।