• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

प्रधानमन्त्री सुशीलालाई दलाई लामाको बधाई सामान्य विषय होइन : सिंह (भिडियो अन्तर्वार्ता)


  •   आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाले बधाई दिनु सामान्य विषय नभएको बताउनुभएको छ ।

    २०८२ भदौ २९ गते आइतबार युगदर्शन मिडियालाई भिडियो अन्तर्वार्ता दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    उहाँले भन्नुभयो– ‘अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाको बधाई आएको छ । बाहिरी रूपमा हेर्दा यो सामान्य विषय हो तर असामान्य विषय पनि हो ।’

    अहिलेसम्म नेपालमा प्रधानमन्त्रीलाई दलाई लामाले शुभकामना दिने प्रचलन नरहेको विषय जोड्दै महामन्त्री सिंहले यस्तो स्पष्टीकरण दिनुभयो ।

    ‘यो वास्तवमा शुभकामना मात्रै होइन’ उहाँले भन्नुभयो– ‘त्यसका पछाडि कुन राजनीतिले काम गरेको छ ? त्यो महत्त्वपूर्ण विषय भएको छ ।’

    विषयलाई स्पष्ट पार्दै उहाँले भन्नुभयो– ‘शुभकानापछाडिको सन्देश प्रष्ट छ, अहिलेको सरकारबाट उनीहरूको हितलाई मदत पुग्नेछ ।’

    दलाई लामाको स्वार्थ चीनबाट मुक्त कथित स्वतन्त्र तिब्बत र आफूअनुकूल दलाई लामाको पुनर्स्थापना भएको बताउँदै उहाँले त्यसको पक्षमा अमेरिकी साम्राज्यवाद रहेको बताउनुभयो ।

    उहाँले तिब्बतका लागि चीनमाथि हमला गर्न नेपालमा एमसिसी पारित गरिएको स्मरण गर्नुभयो ।

    व्यक्तिगत रूपमा केही भन्नु छैन

    तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी प्रधानन्यायाधीशसँगै प्रधानमन्त्री पनि बनेको गलत भयो भनी फैसला दिने उनै कार्की अहिले प्रधानमन्त्री भएको विषयलाई कसरी लिनुभएको भन्ने युगदर्शनको प्रश्नमा महामन्त्री सिंहले त्यसलाई आफूहरूले गलत मानेको बताउनुभयो ।

    ‘प्रधानमन्त्रीको नियुक्ति संवैधानिक छैन भनेर हामीले भनेका छौँ’ उहाँले भन्नुभयो– ‘तर प्रधानन्यायाधीश हुँदा कार्कीजीको भूमिका सकारात्मक थियो । उहाँको व्यक्तिगत भूमिका राम्रो छ ।’

    अरू न्यायाधीशजस्तो उहाँका गलत भूमिका नरहेकोले नेकपा (मसाल) को उहाँप्रति व्यक्तिगत रूपमा केही भन्नु नरहेको उहाँको भनाइ थियो ।

    महामन्त्री सिंहले भन्नुभयो– ‘उहाँ (प्रधानमन्त्री) कार्कीप्रति व्यक्तिगत रूपमा हाम्रो आलोचना छैन ।’

    ओली सरकार जिम्मेवार

    महामन्त्री सिंहले अहिले जेनजीको प्रदर्शनका लागि ओली सरकार जिम्मेवार रहेको बताउनुभयो ।

    ‘जेनजीले यसरी प्रदर्शन गर्लान् भन्ने पूर्वानुमान त हामीले गरेका थिएनौँ’ उहाँले भन्नुभयो– ‘तर देशमा भ्रष्टाचार र कुशासनले जनअसन्तोष कुनै पनि रूपमा व्यक्त हुन सक्ने र त्यसलाई प्रतिगामी र प्रतिक्रियावादीले उपयोग गर्न सक्ने भन्दै आएका थियौँ ।’

    ओली सरकारको भ्रष्ट र स्वेच्छाचारी कार्यशैलीले यो अवस्था उत्पन्न भएको उहाँको विश्लेषण थियो ।

    उदाहरणको रूपमा सामाजिक सञ्जालमाथिको रोकलाई उहाँले अगाडि सार्नुभयो ।

    ‘सर्वोच्च अदालतले कानुन बनाएर सामाजिक सञ्जाल नियमन गर्ने आदेश दिएको थियो तर ओली सरकारले कानुन नै नबनाईकन सामाजिक सञ्जालमाथि रोक लगायो । त्यसले गर्दा पनि देशमा असन्तुष्टि उत्पन्न भयो’ उहाँले भन्नुभयो ।

    देशमा उकुसमुकुसको अवस्था रहेकाले जेनजी प्रदर्शन अगाडि आएको तर त्यसमा विभिन्न पक्षको घुसपैठका कारण ध्वंसात्मक गतिविधि भएको उहाँको भनाइ थियो ।

    राजमोमाथि आक्रमण किन ?

    राष्ट्रिय जनमोर्चाजस्तो स्वच्छ र निष्कलङ्क पार्टीमाथि जेनजीको आक्रमण किन भयो भन्ने प्रश्नमा महामन्त्री सिंहले उनीहरूले राजमोमाथि आक्रमण नगरेको स्पष्ट पार्नुभयो ।

    ‘हाम्रा कतिपय राष्ट्रिय जनमोर्चाको जिल्ला कार्यालयमा आक्रमण हुनुका पछाडि विभिन्न कारण हुन सक्छन्’ उहाँले भन्नुभयो– ‘हाम्रो पार्टीसँग मतभेद राखेर बाहिरिएका, हामीले नीतिगत रूपमा कडा विरोध गरेका राजावादी, कथित स्वतन्त्र घन्टीपार्टी, एमाले, भारतीय र अमेरिकी साम्राज्यवादीका कारण पनि हामीमाथि आक्रमण भएको हुन सक्दछ ।’

    उहाँले भन्नुभयो– ‘तर हामीमाथि आक्रमण गर्नमा जेनजीको भूमिका छैन ।’

    संसद् विघटन र प्रधानमन्त्रीको नियुक्ति असंवैधानिक

    महामन्त्री सिंहले संसद् विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति दुवै असंवैधानिक भएको दाबी गर्नुभयो ।

    ‘संसद् सदस्य नरहेका व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्ति र तिनै प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन दुवै असंवैधानिक कार्य हो र हामी त्यसको विरोध गरेका छौँ’ उहाँले भन्नुभयो ।

    यस सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाबारे पछि स्पष्ट हुँदै जाने बताउनुभयो ।

    ‘कतिपय काम राष्ट्रपतिले आफ्नो स्वेच्छाले गर्नुभयो होला । कतिपय काम बाध्यताले गर्नुभयो होला’ उहाँले भन्नुभयो–  ‘यी विषय विस्तारै स्पष्ट हुँदै जानेछन् ।’

    उहाँले राष्ट्रपतिका कतिपय कदम सकारात्मक हुन सक्ने सम्भावना पनि व्यक्त गर्नुभयो ।

    महामन्त्री सिंहले यसबारे सर्वोच्च अदालतमा रिट परेको खण्डमा अन्तरिम सरकारको गठन र संसद् विघटन खारेज हुनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘तर पहिले खिलराज रेग्मी विरुद्ध रिट पर्दा उनी प्रधानमन्त्री हुँदासम्म फैसला आएन । नेपालमा त्यस्तो पनि हुन सक्दछ ।’

    चुनावमा सहभागिता

    अन्तरिम सरकारले फागुन २१ गते आमचुनावको मिति घोषणा गरेकोमा राजमो सहभागी हुन्छ कि हुन्न भन्ने प्रश्नमा महामन्त्री सिंहले अहिल्यै नै त्यसबारे केही भन्न नसकिने बताउनुभयो ।

    ‘चुनावमा सहभागिताबारे हामीले सोचेकै छैनौँ । अहिले स्थिति स्पष्ट छैन’ उहाँले भन्नुभयो– ‘कस्तो कानुनअन्तर्गत चुनाव हुन्छ, हामी केही भन्न सक्ने अवस्थामा छैनौँ ।’

    सेनाको भूमिका

    प्रदर्शनकारीले ध्वंसात्मक कारबाही गर्दा सेनाले त्यसलाई रोक्न नसक्नुलाई उहाँले गलत बताउनुभयो ।

    सेनाले चाहेको भए ध्वंसात्मक कारबाही रोक्न सक्नेमा त्यसो नगरेको भन्दै उहाँले प्युठानको उदाहरण दिनुभयो ।

    ‘प्युठानमा सेनाकै ब्यारेक अगाडिबाट राष्ट्रिय जनमोर्चाको कार्यालयमा आगजनी भयो तर सेनाले रोक्न खोजेन’ उहाँले भन्नुभयो ।

    त्यस्तै उहाँले नेपालमा पछिल्लो समयमा सेनाको राजनीतिक भूमिका बढ्दै गएको चिन्ता व्यक्त गर्नुभयो ।

    संसारमा सेनाको राजनीतिक भूमिका बढ्दै जाँदा लोकतन्त्र खतरामा पर्ने गरेको सन्दर्भ जोड्दै उहाँले यसबारे देशका सम्पूर्ण जनता र राजनीतिक पार्टी सचेत हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

    भ्रष्टाचार र सङ्घीयता विरुद्धको समर्थन तर गैरदलीयताको विरोध

    महामन्त्री सिंहले यदि अहिलेको सरकारले भ्रष्टाचारको विरुद्धमा कुनै कदम उठाउँछ भने त्यसलाई समर्थन गर्ने बताउनुभयो ।

    ‘यदि यो सरकारले भ्रष्टाचारको विरुद्धमा कुनै ठोस कदम उठाउँछ भने हामी त्यसलाई समर्थन गर्नेछौँ’ उहाँले भन्नुभयो– ‘तर त्यस क्रममा कुनै पनि प्रकारको राजनीतिक प्रतिशोध, पूर्वाग्रह र पक्षपात नगरियोस् भन्नेबारेमा हाम्रो जोड रहनेछ ।’

    त्यस्तै सङ्घीयता र गैरदलीय स्थानीय तहको निर्वाचनबारे सोधिएको प्रश्नमा महामन्त्रीले पहिलोलाई समर्थन तर दोस्रोंमा आफूहरूको विरोध रहने बताउनुभयो ।

    उहाँले भन्नुभयो–  ‘यदि सङ्घीय संरचना खारेज गरिन्छ भने हाम्रो त्यसमा समर्थन रहनेछ । त्यसको अर्थ प्रादेशिक संरचना खारेज गर्नु हो तर स्थानीय तहमा गैरदलीय चुनावको कुरा गरिन्छ भने हामी त्यसको विरोध गर्नेछौँ ।’

    उहाँले जेनजीको सम्पूर्ण चिन्तन नै गैरदलीय रहेको र उनीहरूले केन्द्रीयस्तरको चुनावसमेत गैरदलीय होस् भन्ने चाहेको खुलासा गर्नुभयो ।

    उमेरका कुरा गलत तर जेनजीको ऊर्जालाई समर्थन

    महामन्त्री सिंहले जेनजीलगायत अन्य पार्टीमा जुन उमेरका कुरा गरिएको छ, त्यसलाई गलत बताउनुभयो ।

    ‘जेनजीले उमेरको कुरा गर्दछन् । एमालेलगायत विभिन्न पार्टीमा पनि उमेरको कुरा छ । हामीले त्यसलाई गलत मान्दछौँ’ उहाँले भन्नुभयो– ‘संसारको इतिहासमा त्यस्तो प्रचलन छैन । कैयौँ वृद्ध पनि राष्ट्रपति, प्रधानमन्त्री बनेका छन् । दोस्रो विश्वयुद्धमा रुसलाई विजय शिखरमा पुऱ्याएका स्टालिन त्यति बेला जवान् थिएनन् । नेकपाको महामन्त्रीबाट केशरजङ्ग रायमाझीलाई हामीले उमेरका कारणले हटाएका थिएनौँ ।’

    यता जेनजीले युवाशक्तिको ऊर्जा र साहसलाई भने उहाँले सकारात्मक बताउनुभयो ।

    ‘जेनजीले महत्त्वपूर्ण इतिहास रचेका छन्’ उहाँले भन्नुभयो– ‘भन्न थालिएको थियो, आजभोलिका युवामा उत्साह, जाँगर छैन, उनीहरूको राजनीतिप्रति रुचि छैन तर अहिले त्यो गलत साबित भयो ।’

    तर महामन्त्री सिंहले यति मात्रै पर्याप्त नभएको, त्यसका लागि सही राजनीतिक दृष्टिकोण महत्त्वको विषय भएको बताउनुभयो ।

    मसालको भूमिका कमजोर

    नेकपा (मसाल) को भूमिका कमजोर भएका कारणले पनि जनताको चेतनास्तर कमजोर रहेको उहाँको भनाइ थियो ।

    ‘हाम्रो पार्टीको भूमिका सशक्त छैन । हाम्रो नीति सही छ तर सशक्त भूमिकाको अभावमा जनताको चेतनास्तर उच्च हुन सकेको छैन’ उहाँले भन्नुभयो ।

    ‘चुनावमा हामीले राजनीति, राजनीतिक पृष्ठभूमि लिएर जान्छौँ’ उहाँले भन्नुभयो– ‘अरू राजनीतिक पार्टी पैसा बोकेर जनतामा जान्छन् ।’

    उहाँले यही कारणले भ्रष्ट, ज्यानमारा डाँका पनि चुनाव जितेर आउने अवस्था रहेको बताउनुभयो ।

    (महामन्त्री सिंहसित अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/watch?v=q6r1TpQJcf4वाच गर्न अनुरोध गर्दछौँ । अन्तर्वार्ताको पूर्ण लिखित सामग्री तत्कालै प्रकाशन गरिनेछ ।)

    आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.