• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

विषम परिस्थितिको सामना गर्न युवक सङ्घको अपिल


  •   शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल युवक सङ्घले अहिले देखा परेको विषम परिस्थितिको सामना गर्न सम्पूर्ण देशभक्त, परिवर्तनप्रेमी र लोकतान्त्रिक शक्तिसित अपिल गरेको छ ।

    Advertisement

    अध्यक्ष गणेश अधिकारीको हस्ताक्षरमा २०८२ भदौ २८ गते शनिबार जारी प्रेसवक्तव्यमा सो अपिल गरिएको हो ।

    अहिल संसद् विघटन गरेर अन्तरिम सरकार गठन गरिएको प्रसङ्गमा युवक सङ्घले त्यसबाट प्रतिगामी झनै बढेर गएको निष्कर्ष निकालेको छ ।

    नेपालको इतिहासमा २०१७ सालदेखि २०७७ सालसम्म पटक पटक हुने गरेको प्रतिगमनकै एउटा कडी अहिलेको सुशीला कार्की मन्त्रिमण्डल भएको सङ्घको वक्तव्यमा उल्लेख छ ।

    २०७२ सालको संविधानको सर्वोच्चता पुनः कार्यान्वयन हुनुपर्ने माग गरिएको सो प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “अखिल नेपाल युवक सङ्घले संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्ने कदमप्रति घोर भर्त्सना गर्दछ । हाम्रो दृष्टिमा यो कदम केवल राजनीतिक अस्थिरतामाथि असर गर्ने मात्र नभई नेपालको संवैधानिक यात्रामा हुने बारम्बारको हस्तक्षेप हो ।

    १. २०१७ सालमा राजा महेन्द्रले संसद् विघटन गरी निरङ्कुश पञ्चायती शासन स्थापना गर्दा औपचारिक कारण “राजनीतिक अस्थिरता” लाई देखाएका थिए । २०६२–६३ सालमा राजा ज्ञानेन्द्रले पनि संविधान निलम्बन गर्दै “सङ्कट समाधान” को नाममा प्रत्यक्ष शासन गरेका थिए । केपी ओलीले पनि २०७७ सालमा दुईपटक संसद् विघटन गर्दा राजनीतिक अस्थिरताको कारण देखाएका थिए । यसरी संवैधानिक प्रक्रियालाई बाइपास गरेर सत्ताव्यवस्थापन गर्ने अभ्यासले लोकतन्त्रलाई कमजोर बनाउँदै आएका छन् ।

    २. जेनजी पुस्ताको आन्दोलनलाई प्रतिगामी र साम्राज्यवादी शक्तिले आफ्नो स्वार्थअनुकूल प्रयोग गर्ने प्रयास गरेको छ । अहिलेको आन्दोलनमा पनि त्यस प्रकारको खतरा कायमै छ । सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र संसद् विघटनजस्ता कदमले प्रतिगामी शक्तिलाई थप लाभ पुऱ्याएको त छ नै, त्यस्तै साम्राज्यवादी शक्तिले पनि आफ्नो उद्देश्य पूरा गर्न कुनै कसरत बाँकी राखेको छैन ।

    ३. पूर्व प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु संवैधानिक सन्तुलनको दृष्टिले विवादास्पद छ । कार्कीको नियुक्तिपछि पहिलो निर्णय नै संसद् विघटनको प्रस्ताव हुनु “दुई तहको असंवैधानिकता” कदम हो । यसले संवैधानिक पदको निष्पक्षता र लोकतान्त्रिक अभ्यासको धज्जी उडाएको छ ।

    ४. २०६२–६३ सालपछि संविधान निर्माण प्रक्रियामा साम्राज्यवादी शक्तिको हस्तक्षेपले देशलाई गम्भीर जातीय/क्षेत्रीय द्वन्द्वमा फसाउने षड्यन्त्र झन्डै सफल हुन पुगेको थियो । २०७२ सालपछि प्रतिगामी प्रयासले संविधानको सर्वोच्चता अपहरण गर्ने प्रयत्न भएको थियो । यस्ता घटनाक्रमले देखाउँछन्, देशभित्र प्रतिगमनको कालो बादल मडारिरहेको छ । देशलाई अस्थिर, असफल वा साम्राज्यवादी शक्तिको क्रिडास्थल बनाउने दिशातिर धकेल्ने प्रयास भइरहेको छ । यसरी संसद् विघटन र अन्तरिम सरकार गठन कुनै पृथक् घटना होइन, यो विगतका प्रतिगामी प्रयासको पुनरावृत्ति र वर्तमान विश्व भूराजनीतिक असरको परिणाम हो । हाम्रो सङ्गठन जनताको बलिदानीबाट प्राप्त संविधानको रक्षा र बढ्दो वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाउन सम्पूर्ण देशभक्त, परिवर्तनप्रेमी र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभिएर यस विषम परिस्थितिको सामना गर्न आह्वान गर्दछ ।”

    शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.