• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

अधिवक्ता रोका : खिलराज रेग्मी प्रकरण गलत थियो भनी फैसला गर्ने कार्की आफै प्रम बन्नुभयो


  •   शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाले तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बन्नु गलत थियो भनी फैसला गर्ने पूर्व प्रधानन्यायाधीश सुशीला कार्की आफै प्रधानमन्त्री बनेको टिप्पणी गर्नुभएको छ ।
    २०८२ भदौ २८ गते शनिबार युगदर्शन मिडियालाई प्रतिक्रिया दिँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

    Advertisement

    ‘खिलराज रेग्मी प्रधानन्यायाधीशमा बहाल रहेकै बेला मन्त्रिपरिषद्को अध्यक्ष (प्रधानमन्त्री) बन्नु गलत भयो भनेर फैसला गर्ने सुशीला कार्की नै हुनुहुन्थ्यो’ उहाँले भन्नुभयो– ‘अहिले आफै सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो ।’

    अधिवक्ता रोकाले खिलराज रेग्मी प्रकरण पुनः नदोहोरियोस् भनेर नै तत्कालीन प्रधानन्यायाधीश कार्कीको बेलामा सो फैसला आएको उहाँको व्याख्या थियो ।

    ‘एकातिर विश्वमा संविधानवाद र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार एउटै व्यक्ति राज्यका तीन प्रमुख अङ्गमा रहन मिल्दैन’ उहाँले भन्नुभयो–’अर्कातिर हाम्रो संविधानले प्रधानन्यायाधीश सेवानिवृत्त भएपछि राष्ट्रिय मानवअधिकार आयोगमा बाहेक अन्यत्र नियुक्ति लिन मिल्दैन ।’

    उहाँले यस सम्बन्धमा राष्ट्रपतिमाथि नै संविधान मिचेको आरोप लगाउनुभयो ।

    ‘संविधानको धारा जुन ६१ (४) को आधारमा अहिले अन्तरिम सरकार बनाइएको छ, त्यो संसद् विघटन गर्ने अर्को धारा ७६ (७) सित बाझिन्छ । यसरी संविधानका दुई धारालाई एकअर्कोको विरुद्ध विवादित बनाउन पाइदैन’ उहाँले भन्नुभयो ।

    संविधानको धारा ७६ (७) प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटनसित सम्बन्धित रहेको स्पष्ट पार्दै उहाँले धारा ६१ (४) भने राष्ट्रपतिको संविधान र कानुनबमोजिम गरिने कामसित सम्बन्धित रहेको बताउनुभयो ।

    अधिवक्ता रोकाले कार्कीलाई प्रधानमन्त्री बनाउने शर्तमा संसद् विघटन गरिनु संविधानमाथिको आक्रमण भएको विश्लेषण अगाडि सार्नुभयो ।

    प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभाको सांसद हुनु अनिवार्य रहेको बताउँदै उहाँले निवर्तमान सत्तारूढ दलबाहेक अरू सांसदलाई पनि प्रधानमन्त्री बनाउन सकिने तर्क अगाडि सार्नुभयो ।

    ‘एमाले, काङ्ग्रेसजस्ता दलले कमजोरी गरे भन्दै सिङ्गो संसद् विघटन गर्नु प्रतिगमनको हो’ उहाँको भनाइ थियो ।

    उहाँले राष्ट्रपतिलाई संविधानको संरक्षक र पालनकर्ता भनिए पनि अहिले अहिले त्यो भूमिका राष्ट्रपतिले खेल्न नसकेको बताउनुभयो ।

    शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.