काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा मृतकको सङ्ख्या ३४ पुगेको छ ।
Advertisement
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार मृतकको सो सङ्ख्या सार्वजनिक भएको हो ।
त्यस्तै देशभर विभिन्न अस्पतालमा एक हजार तीन सय ६८ जना घाइते उपचाररत छन् । त्यसमध्ये तीन २१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म नौ सय ४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
मन्त्रालयका अनुसार काठमाडौँको सिभिल अस्पतालमा छ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, भेरी अस्पतालमा पाँच जना, एभरेस्ट अस्पतालमा तीन, फ्रन्टलाइन अस्पतालमा तीन, केएमसी अस्पतालमा दुई, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना, बयोधा अस्पतालमा दुई त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।