• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

संयम, संवाद र एकताका साथ समाधान पहिल्याऔँः कांग्रेस महामन्त्रीद्वय


  •   बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले वर्तमान विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिन राष्ट्रपतिले लिनुभएको पहलकदमीको स्वागत गर्नुभएको छ ।

    Advertisement

    उहाँहरुले आज संयुक्त वक्तव्यमार्फत सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट समाधान खोज्न आग्रह गर्नुभएको हो । नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूले शान्तिसुरक्षा कायम गर्न आआफ्नो स्थानबाट गरिरहेको प्रयास र संवादलाई आमनागरिक, नागरिक समाज, सञ्चारजगत्, अन्तरराष्ट्रिय समुदाय सबै तहबाट साथ–सहयोगका लागि उहाँहरुले अपिल गर्नुभएको छ ।

    जेनजी युवाले सुरु गरेको आन्दोलनका क्रममा जीवन गुमाएका होनहार युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महामन्त्रीद्वय थापा र शर्माले परिवारजनमा गहिरो समवेदना अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

    यही भदौ २३ र २४ गते दुई दिनमा भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन सबैपक्षले संयम र एकतासाथ प्रस्तुत हुन जरुरी रहेको उल्लेख गर्नुभएको छ । उहाँहरुले मुलुकको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढङ्गले सुनिश्चित गर्ने गुरुत्तर दायित्वप्रति सबै गम्भीर बन्न आवश्यक रहेकामा जोड दिनुभएको छ ।

    “हामी यो पहललाई जेनजी पुस्ताको भावनाबमोजिम नै निष्कर्षमा पु¥याउन आग्रह गर्दछौँ । त्यसो गर्दैगर्दा ‘आवश्यकताको सिद्धान्त’बमोजिम हुने निर्णयलाई पनि संविधानबमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराउन चाहान्छौँ”, जारी विज्ञप्तिमा उल्लेख छ ।

    विधिविहीनताले थप अराजकता निम्त्याउने उल्लेख गर्दै उहाँहरुले वार्ताका क्रममा राष्ट्रपति र जेनजी पक्षलाई आग्रह गर्नुभएको छ । महामन्त्रीद्वयले भन्नुभएको छ, “अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शुन्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ ।”

    उहाँहरुले सोमबारको प्रदर्शनका दिन अत्यधिक बल प्रयोगबाट भएको गम्भीर अपराधको उच्चस्तरीय आयोग मार्फत गहिरो छानबिन गरेर दोषीलाई कानुनी काबाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराउनुभएको छ ।

    “सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न हामीले गरेका आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी छ”, महामन्त्रीद्वयले उल्लेख गर्नुभएको छ, “हाम्रो पटकपटकको आग्रहका बाबजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनीतिक नेतृत्वले स्थितिको सही आँकलन आफू गर्न सक्नुपर्छ या अरुले दिएको सही सुझावलाई समयमै ग्रहण गर्न सक्नुपर्छ, यो यथार्थ आत्मसात् गर्न प्रधानमन्त्रीले ढिलाइ गर्दा जो मानवीय क्षति भयो त्यसबाट सिङ्गो मुलुक र संसारभरका सबै नेपाली स्तब्ध र अत्यन्तै दुखित छौँ ।”

    कैयौँ सरकारी कार्यालय, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठान आदिमा गरिएको आगजनी अत्यन्तै दुःखद् र निन्दनीय रहेको उल्लेख गर्दै उहाँहरुले जेनजी आन्दोलनकारीको भावना र घोषणाभन्दा बाहिर आन्दोलनको हुलमलमा नियतबस पसेकाहरूले योजनाबद्ध रुपमा यो विध्वंश गरेका बताउनुभएको छ ।

    अब फेरिएको यस परिस्थितिमा युवाको आकाङ्क्षा र अपेक्षाअनुसार जिम्मेवार राजनीति गर्ने दलका रुपमा कांग्रेसलाई जरैदेखि सम्पूर्ण रुपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    उहाँहरुले अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न संयम, संवाद र एकता अपरिहार्य रहेको उल्लेख गर्दै अत्यन्तै कठिन अवस्था र प्रतिकूलताबीच पनि ‘सामाजिक एकता र सद्भाव’ कायम गर्न सबैमा आह्वान गर्नुभएको छ ।

    बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.