• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

सुरक्षा निषेधाज्ञा धमाधम तोडिदै, प्रशासनको दावी खोक्रो (फोटोसहित)


  •   मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रशासनले सुरक्षा व्यवस्थालाई कडा पारिएको भनिएता पनि खोख्ला सावित भएको छ ।

    Advertisement

    उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञ जारी गरिता पनि ठाउँठाउँमा आगजनी, तोडफोड, जुलुस लगायतका गतिविधिहरू भइरहेका छन् ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति सुव्यवस्था खलल हुन नदिन निर्देशन दिइएको बताए । उपत्यकाका विभिन्न स्थानमा आगलगी एवं तोडफोट भइरहेको छ ।

    काँग्रेस–एमालेका कार्यालयमा आगजनी :

    हालसम्म एमाले र काँग्रेसका विभिन्न कार्यालयहरूमा आगजनी भएका छन् । आन्दोलनकारीहरू समूहले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन् । सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि युवाहरूको समूह मंगलबार दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन् । युवाहरूले पार्टी कार्यालय र शीर्ष नेताका घरलाई निशाना बनाउन थालेका छन् ।

    पृथ्वीसुब्बा गुरुङ :

    सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङको घर अगाडि आगजनी भएको छ ।

    पुष्पकमल दाहाल (प्रचण्ड) :

    माओवादी नेता पुष्पकमल दाहाल (प्रचण्ड)को घर अगाडि पनि आगजनीका साथसाथै तोडफोड भएको छ ।

    रमेश लेखक :

    निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् । अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् । अन्य शीर्ष नेताहरूको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरिरहेका छन् ।

    शेरबहादुर देउवा :

    त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ । देउवा कहाँ छन् भन्ने खुलेको छैन । प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् ।

    डा. आरजु राणा देउवा :

    त्यस्तै कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् । धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरिदिएका हुन् ।

    रघुवीर महासेठ :

    त्यस्तै नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुर स्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका हुन् ।

    प्रहरी प्रभाव कार्यालय :

    त्यस्तै काठमाडौंको साँखुस्थित प्रहरी प्रभाव कार्यालयमा प्रदर्शकारीहरूले तोडफोड गरेका छन् । १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज फेरि आन्दोलन थप चर्को बन्दै गएको छ । यसैबीच साँखुको प्रहरी प्रभागमा पनि प्रदर्शनकारीहरूले ढुंगामुढा हानेका हुन् । अहिले साँखुमा प्रदर्शन चर्को बन्दै गएको छ ।

    संसद भवन परिसरमा मंगलबार पनि बिहानैदेखि युवाले प्रदर्शन गरिरहेका छन् । सोमबार जेन–जीको आन्दोलनमा प्ररहरीले दमन गरेपछि मंगलबार पनि बानेश्वरमा युवाले प्रदर्शन गरिरहेका छन् । १९ जनाको मृत्यु भएपछि आजको आन्दोलनमा अभिभावकहरू पनि पुगेका छन् ।

    आन्दोलनमा अभिभावक पनि स्वस्फूर्त आएको बताइएको छ । बानेश्वर संसद भवन परिसरमा सेना र प्रहरी परिचाल गरिएको छ । युवाहरूले अहिले पनि बानेश्वरमा प्रदर्शन गरिरहेका छन् ।

    राजधानी बाहिरका विभिन्न जिल्लाहरूमा पनि निशेधाज्ञा तोडनुका साथसाथै आगजनी लगायतका गतिविधिहरू आन्दोलनकारीले गरिरहेका छन् ।

    सिधा प्रसारणमा :

    यो समाचार अपडेट गर्दासम्म काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । कर्फ्यु आदेश जारी भए पनि अवज्ञा भइरहेको छ । प्रदर्शनकारी र प्रहरीबीच बेलाबेला झडप भइरहेको छ ।प्रदर्शनकारीले शंखमुलतर्फ जाने सडक पूरै कब्जा गरेर आगो बालिरहेका छन् । उनीहरु बानेश्वर चोक जाने प्रयासमा छन् । माइतीघर मण्डलातर्फबाट प्रदर्शनकारीको एउटा टोली नयाँबानेश्वर चोकतर्फ आइरहेको छ ।

    याँ बानेश्वरामा आज पनि टियरग्यास प्रहार भएको छ । स्वस्फूर्त आन्दोलनमा आएका युवालाई तितिर बितर बनाउन प्रहरीले टियरग्यास प्रहार गरेको हो । प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । प्रहरीको लाठी प्रहारबाट प्रदर्शनकारी घाइते भएका छन् । कफ्यूकाबीच युवाहरू प्रदर्शनमा आएका छन् ।

     

    मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.