• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

जेनजी आन्दोलन नियन्त्रणबाहिर : ८० बढी घाइते, तीन जनाको मृत्यु


  •   सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको रोकको विरुद्ध भनिएको जेनजी आन्दोलन नियन्त्रणबाहिर गएको छ ।

    Advertisement

    ‘नोप बेबी’ समेतको सहभागितामा २०८२ भदौ २३ गते सोमबार काठमाडौँमा आयोजित प्रदर्शन नियन्त्रणबाहिर पुगेको हो ।

    प्रारम्भिक जानकारीअनुसार काठमाडौँमा सिभिल अस्पतालमा दुई जना र ट्रमासेन्टरमा एक जना  जेनजी युवाको गोली लागेर उपचारको क्रममा निधन भएको छ भने हालसम्म ८० जनाजति प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।  घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।

    कर्फ्यु

    जिल्ला प्रशासन कार्यालय काठमाडौँ प्रदर्शनकारीको उग्र अवस्था देखेपछि नयाँबानेश्वर वरपर कर्फ्यु लगाएको थियो । कर्फ्यु क्षेत्रभित्र बिजुली बजारदेखि तीनकुनेसम्म र मध्यबानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयदेखि शङ्खमुलसम्मको क्षेत्र समावेश गरिएको छ ।

    पछि प्रशासनले सिंहदरबार, शीतलनिवास, बालुवाटार क्षेत्रसमेतमा कर्फ्यु बढाएको जानकारी दिएको छ ।

    कर्फ्यु लागेको सेनामा सशस्त्र प्रहरीसँगै सेना परिचालन गरिएको छ ।

    दुई पत्रकार घाइते

    समाचार सङ्कलनको क्रममा कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन् । उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

    त्यस्तै नयाँ पत्रिकाका दीपेन्द्र ढङ्गानालाई पनि रबरको गोली लागेको छ । त्यस्तै नेपाल प्रेसका उमेश कार्कीलाई पनि सामान्य चोट लागेको छ ।

    ‘हिंसात्मक गतिविधिमा सामेल हाम्रा होइनन्’

    सोमबार दिउँसो आन्दोलनको व्यवस्थापनमा सहभागी जेनजीका प्रदीप ज्ञवालीले यो आन्दोलनमा विध्वंस र हिंसात्मक गतिविधि गर्नेहरू आफ्ना प्रतिनिधि नरहेको बताएका छन्।

    ‘विध्वंस वा हिंसात्मक गतिविधिमा संलग्न व्यक्ति हाम्रो हिस्सा होइनन्’ उनले आन्दोलनले आफूहरू सुरुदेखि नै शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको दाबी गरे ।

    ‘हामीले सुरुदेखि नै यो प्रदर्शन शान्तिपूर्ण गर्ने भनेर भनिरहेका थियौँ । यसमा कुनै आधिकारिक आयोजक, नेतृत्व नभएको र आवाज मात्रै उठाउन भेला हुने भनेका थियौँ’ उनले थपे– ‘घुसपैठ हुन सक्ने अनुमान हामीले गरेका थियौँ । घुसपैठ भएपछि फर्किन आह्वान गऱ्यौँ ।’

    यो समाचार तयार पार्दासम्म प्रदर्शनकारी घर फर्किएका छैनन् ।

    संसद् भवनभित्रै प्रवेश

    प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद् भवनमा प्रवेश गरेका थिए । करिब सय जना प्रदर्शनकारीलाई संसद् भवनभित्रको प्रहरीले बाहिर निकालेको थियो । त्यस क्रममा केही प्र्रहरी घाइते भएका थिए ।

    प्रदर्शनका कारणले राज्यसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित भएको छ भने विभिन्न संसदीय समितिका बैठक पनि स्थगित भएको छ । त्यस क्रममा गृहमन्त्री रमेश लेखकसमेत बैठक छोडेर बाहिरिएको जानकारी प्राप्त भएको छ ।

    काठमाडौँबाहिर पनि प्रदर्शन

    प्रदर्शन काठमाडौँबाहिर पनि चलिरहेको छ ।

    वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, डडेलधुरा, बुटवल, धनगढी, धरान, भरतपुर, हेटौँडालगायत देशका विभिन्न भागमा उनीहरूको प्रदर्शन चलिरहेको छ । प्रदर्शनकारी धरान उपमहानगरपालिकाको कार्यालयमा प्रवेश गरेका थिए ।

    झापाको दमकमा भएको प्रदर्शनमा एक जना जेनजी घाइते भएका छन् ।

    सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.