• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धिचरण लोकमार्ग अवरुद्ध

काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

बिनाऐनकानुन सामाजिक सञ्जालमाथि रोक लगाएकोमा प्रगतिशीलद्वारा सरकारको आलोचना


  •   शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले ऐनकानुन नबनाईकन सामाजिक सञ्जालमाथि रोक लगाएकोमा नेपाल सरकारको आलोचना गरेको छ ।

    Advertisement

    अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८२ भदौ २१ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले सरकारको सो कदमको आलोचना गरेको हो ।

    सामाजिक सञ्जालमाथि रोक लगाउँदा अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित हुने बताउँदै प्रगतिशीलले सर्वोच्च अदालतको आदेशअनुसार नै कानुन बनाएर सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने बताएको छ ।

    त्यस्तै सरकारले सामाजिक सञ्जाललाई दर्ता गर्न पटक पटक गरेको आह्वानलाई प्रगतिशीलले सही मानेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “नेपाल सरकारले भदौ १९ गतेदेखि लागु हुने गरी सामाजिक सञ्जालमा रोक लगाएको कार्यप्रति प्रगतिशील पत्रकार सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।

    अहिले सामाजिक सञ्जाल अभिव्यक्ति स्वतन्त्रताको एउटा माध्यम भएको स्पष्टै छ । यो अवस्थामा सामाजिक सञ्जालमाथि पूरै रोक लगाउँदा जनताको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुग्ने तथ्यप्रति ध्यान नदिएकोमा हाम्रो सङ्गठन सरकारको आलोचना गर्दछ ।

    २०८० सालदेखि हालसम्म नेपालमा क्रियाशील सामाजिक सञ्जाललाई दर्ता गर्न सरकारले पाँचपटकसम्म मौका दिएको थियो तर उनीहरूले सरकारको यो निर्देशनलाई अटेरी गरिरहेका थिए । कुनै पनि बहुराष्ट्रिय कम्पनीले सम्बन्धित देशको ऐनकानुन मान्नु सामान्य अन्तर्राष्ट्रिय प्रचलन नै हो । यस्तो अवस्थामा सामाजिक सञ्जाल कम्पनीले नेपाल सरकारलाई अटेरी गर्नु पनि गलत भएको स्पष्ट छ ।

    सम्माननीय सर्वोच्च अदालतले ॅसिधा कुरा’ प्रकरणको पूर्ण पाठमा र यही भदौ १८ गतेसमेत अर्को परमादेशमार्फत कानुन बनाएर सामाजिक सञ्जाललाई नियमन गर्न आदेश दिएको थियो तर ऐनकानुन नै निर्माण नगरेर सामाजिक सञ्जालमाथि पूरै रोक लगाउनु सरकारको तर्फबाट गलत कार्य भएको छ भन्ने हाम्रो ठहर छ । यसरी बिनाकानुन सामाजिक सञ्जालमाथि रोक लगाउँदा संविधानले स्वीकार गरेको संवैधानिक हक, अभिव्यक्तिको स्वतन्त्रता, मौलिक हक र सूचनाको हक प्रभावित भएका छन् ।

    हाम्रो सङ्गठन यथाशक्य छिटो ऐनकानुन बनाएर सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्न र यसरी सामाजिक सञ्जालमा बेलाबखत देखा पर्ने विकृतिलाई नियमन गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।”

    शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धिचरण लोकमार्ग अवरुद्ध
    काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित
    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      सिद्धिचरण लोकमार्ग अवरुद्ध

    • २.
      काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

    • ३.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • ४.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ५.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ६.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ७.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ८.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.