• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धिचरण लोकमार्ग अवरुद्ध

काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

नेतृत्वले विधि–विधानको पालना गर्नुपर्ने कि नपर्ने ?


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • –प्रेमनारायण गैरे

    Advertisement

    नेतृत्वले जे गर्छ सधैं सबै राम्रो मात्रै गर्छ भन्ने बुझाइ गलत हो । राम्रो निर्णयलाई आत्मसात गरेर कार्यान्वयनमा लाग्नुपर्छ । गलतलाई गलत भन्न सक्नुपर्छ र सच्याउन लगाउनु पर्छ । नेकपामा जिल्ला नेतृत्व चयन गर्दा बिचार र विधिको मतलव नगरी मनोमानी गर्न खोजियो हामीले यो गलत छ । विधि बनाएर मात्र नेतृत्व चयन गरौँ भन्यौँ पार्टीले बिधि बनायो र हामीले भने अनुसार मौजुदा कमिटीको नेतृत्वबाट नै नेतृत्व घोषणा गयौँ बाताबरण सहज बन्यो ।

    आम छलफल र बिचारको टुंगो नगरी २ नेताले घोषणा गरेर गरिएको एकता दीगो हुन सक्दैन भनेका थियौँ आखिर २ वर्ष पुग्दा नपुग्दै नेकपा विघटन भयो । नेकपा विघटन पछि एमाले पुरानो कमिटी २०७५ जेठ २ को अवस्थामा फर्कनु पर्थ्यो तर बिधान विपरित हजारौँको संख्यामा आयोजक कमिटी घोषणा गरियो अर्कोतर्फ माधव नेपालहरूले समान्तर कमिटी बनाए ।

    हामीले आयोजक कमिटी र समानन्तर कमिटी दुबै पार्टी बिधान बिपरित भएकोले हामी कुनैपनी कमिटीका सदस्य होइनौँ । एकता पूर्व एमालेको २०७५ जेठ २को जिल्ला कमिटी उपसचिव हो । पार्टीले आयोजक कमिटी विघटन गरेर २०७५ जेठ २ का कमिटी र जिम्मेवारीमा फर्कनु पर्छ भन्यौँ । कतिपय मान्छेहरूले बगेको खोला फर्कदैन भन्दै हाम्रो विरुद्धमा उत्रिए ।

    अब पाउँछस उपसचिव भने, तर अन्ततः पार्टी हामीले भने बमोजिम नै २०७५ जेठ २ मा फर्कियो। पार्टी लिगमा आयो । यसले पार्टीलाई ठूलो दूर्घटना हुनबाट जोगायो, हामीले पनि पूर्ववत जिम्मेवारी पायौँ । अनि उत्कृष्ट कार्य सम्पादन पनि गर्यौँ । यसले एमालेलाई ठूलो दूर्घटना हुनबाट पनि जोगायो । हामीले बिचार र बिधिको बहस गर्न डराएको भए पार्टी ठूलो दूर्घटनामा पर्न पनि सक्थ्यो । पार्टीमा तर्क र बहस गर्नेहरूलाई सधै बिरोधी मात्रै देख्ने होइन । सवल, सक्षम र बलियो पार्टी निर्माणका लागि निरन्तर बहस जरुरी हुन्छ भन्ने बुझ्नुपर्छ ।

    अहिले पूर्व राष्ट्रपति बिद्या भण्डारीको सदस्यता बारे पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय यतिबेला ठूलो बहसको बिषय बनेको छ र यो निकै पेचिलो बन्दै गएको छ । राजनीतिमा सक्रिय हुन्छु भनेर घोषणा गरेपछि बिद्या भण्डारीको सदस्यता नवीकरण रोक्ने निर्णय गर्नु राम्रो होइन भन्ने नै लागेको छ । हाम्रो संविधान र पार्टीको विधानले पनि यसो गर्न दिदैन र बिद्यालाई गरिने अपमानले एमाले बलियो बन्नै सक्दैन ।

    करिब ७६ वर्षको इतिहास बोकेको एमाले जस्तो संवैधानिक विशाल पार्टीलाई थप बलियो बनाउन हल्ला र मौखिक कानुनले होइन व्यबस्थित विधि र विधानबाट चलाउनु पर्छ । पार्टीले हतारमा गरेको यो निर्णय सच्याउनु पर्छ र एमाले पूर्व उपाध्यक्ष समेत रहेकी कमरेड बिद्या भण्डारीको सदस्यतालाई निरन्तरता दिनुपर्छ ।

    (लेखक– नेकपा गठन हुनुपुर्व अर्घाखाँची जिल्ला कमिटी उप–सचिव पछि नेकपा एमालेको लुम्विनी प्रदेश कमिटी सदस्य थिए । गैरे अर्घाखाँची जिल्लाको नवौँ जिल्ला अधिवेशनमा उपाध्यक्षको उमेद्वार वने पश्चात हाल जिम्मेवारी बिहिन छन् ।)

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धिचरण लोकमार्ग अवरुद्ध
    काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित
    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      सिद्धिचरण लोकमार्ग अवरुद्ध

    • २.
      काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

    • ३.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • ४.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ५.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ६.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ७.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ८.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.