काठमाडौं । लिम्पियाधुरा नेपालको होइन भन्ने समाजवादी पार्टीका सांसद सरिता गिरीको अभिव्यत्ति प्रति आक्रोसित हुँदै एक युवाले टेलिभिजन सेट फुटाएका छन् ।
सामाजिक सञ्जालमा सेयर भएको सो भिडियोमा पत्रकार ऋषि धमलासँग अन्तर्वार्ता दिँदै गरेकी सरिताको भनाईबाट ति युवा आक्रोशित भएका देखिन्छन् ।
अन्तर्वार्तामा गिरिले भनेकी छन्, ‘लिम्पियाधुरा नेपालको हो ? यो त म पनि मान्दिन ।’
पत्रकार धमलाले हामीले आफ्नो नक्सा बनाउँदा भारतलाई सोध्नुपर्ने सरिता जि ? भन्दै सोधेको प्रश्नमा उनले यस्तो उत्तर दिएकी हुन् । धमलाको भनाइमा समर्थन जनाइरहेका ति युवा सरिता गिरीले उत्तर दिन थालेपनि आक्रोशित हुन्छन् र चप्पलले टीभीलाई हान्छन् । त्यसपछि कुनै गह्रौं चिजले हानेर टीभी नै फुटाउँछन् ।
सरिता गिरी उनै सांसद हुन् जसले भारतले अतिक्रमण गरेको भूमिसहित नेपालले नयाँ नक्सा जारी गर्दा विरोध गरेकी थिइन् भने नयाँ नक्सा अनुरुपको निशान छाप सम्बन्धी संसदमा दर्ता संविधान संशोधन विधेयक खारेजीको माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेकी छन् ।