उद्धब मगर##
दोहा कतार । रामेछाप सेवा समाज दोहा कतारले रामेछपको आवाज सब्य समाज निर्माणको प्रयास भन्ने मुल नाराका साथ रबिन कार्किको अध्यक्षतामा सातौं अधिबेसन सम्पन्न गरेको छ । कार्यक्रको सञ्चालन आशिष मोक्तान र सचिब कविता खत्रीले गरेका थिए ।
अधिवेशनमा प्रमुख अतिथी बागमती समन्वय परिसदका अध्यक्ष ललित कुमार तामाङ, बिशेष अतिथी गैर आवासिय नेपाली संघका प्रथम उपाध्यक्ष रबिन मगर, साथै कतारमा स्थापित सातै प्रदेशका अतिथी विभिन्न जिल्ला संस्थाका आतित्थ्यता रहेको थियो ।
प्रमुख अतिथी र विशेष अतिथीबाट दिप प्रज्वलीत गरि अधिवेशनको उद्घाटन गरिएको थियो । कार्यक्रममा संस्थाको महिला उपाध्यक्ष रेणु तामाङले शुभकाना मन्तब्य राखेकी थिइन् ।
साङ्गठानिक प्रतिबेदन महासचिव र सचिवद्वयले प्रस्तुत गरेका थिए । त्यस्तै आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुभराज सुनुवारले प्रस्तुत गरेका थिए ।
अधिवेशनले रविन कार्कीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती चयन गरेको छ : जसमाः बरिस्ट उपाध्यक्ष– आशिष् मोक्तान, प्रथम उपाध्यक्ष– बुद्धिराज तामाङ, द्धितीय उपाध्यक्ष– सुभराज सुनुवार, महिला उपाध्यक्ष– ममता रानाभाट, महासचिव– कविता खत्री, उप महासचिव– प्रकाश दर्नाल, सचिव– राजु मगर, कोषाध्यक्ष– जित बहादुर खत्री, सहकोषाध्यक्ष– सुसान मगर, सदस्यहरुमा क्रमशः समन खड्का, जीवन घिसिङ, सर्मिला राउत, राम कुमार बस्नेत, राम बहादुर खत्री (सागर) मिना लामा, टोक माया सुनुवार रहेका छन् ।
अधिवेशनमा सांस्कृतिक फाँटका कलाकारहरुले नित्य तथा गायन प्रस्तुत गरेका थिए ।