काठमाडौं । वरिष्ठ अभिवक्ता डा. भिमार्जुन आचार्यले सरकारले सामुदायिक विद्यालयलाई क्वारेन्टिन बनाएर निजी विद्यालयलाई विद्यार्थी भर्ना गर्न अनुमति दिएको भन्दै कडा आलोचना गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा डा. आचार्यले ‘सरकार कम्युनिष्टको, प्रतिपक्षी प्रजातन्त्रवादीको र संविधान समाजवादको’ भन्दै व्यंग्य गर्नुभएको छ ।
आचार्यले लेख्नुभएको छ, ‘सामुदायिक विद्यालय संक्रमित बस्ने घर, निजी विद्यालयलाई विद्यार्थी भर्ना र शुल्क उठाउने अनुमति ! सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नती जिम्मेवारी निजी विद्यालयलाई दिने अर्थमन्त्रीको बजेट ! सरकार कम्युनिष्टहरुको ! प्रतिपक्ष प्रजातन्त्रवादीको ! संविधान समाजवादको । धन्य मेरो देश मेरो सरकार !’
सामुदायिक विद्यालय संक्रमित बस्ने घर नीजि विद्यालयलाई विद्यार्थी भर्ना र शुल्क उठाउने अनुमति;सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नती जिम्मेवारी नीजि विद्यालयलाई दिने अर्थमन्त्रीको बजेट;सरकार कम्युनिष्टहरुको;प्रतिपक्ष प्रजातन्त्रवादीको; संविधान समाजवादको।धन्य मेरो देश मेरो सरकार!
— Bhimarjun Acharya (@BhimarjunPhD) June 7, 2020