सुरत (भारत) । सुरतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया समिति गठन भएको छ ।
केन्द्रीय सदस्य गोविन्दबहादुर थापाको प्रमुख आतिथ्यमा जुलाई ४, २०२५ का दिन सम्पन्न भेलाद्वारा सो समिति गठन गरिएको हो ।
धर्मेन्द्र विकको अध्यक्षतामा अघि बढेको उक्त भेलामा प्रमुख अतिथि थापाका साथै क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्की, क्षेत्रीय समितिका सदस्य पूर्ण विक, सुरत नगर महिला संयोजक शान्ति तिरुवालगायतको मन्तव्य राख्नुभएको थियो ।
भेलाको पहलकदमी नगर समितिका सदस्य पुस्कल तिमिल्सेनाले र सञ्चालन वीरेन्द्र विष्टले गर्नुभएको थियो ।
भेलाले धर्मेन्द्र विक अध्यक्ष रहनुभएको मूल प्रवाहको मोटा बराछा एरिया समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा वीरेन्द्र विष्ट, सचिवमा अकल देवकोटा, सहसचिवमा हिक्मत रावल र कोषाध्यक्ष मिलन विक रहनुभएको छ ।
समितिको सदस्यमा महेश विक, रतन चलाउने, सरोज धामी, जय तिरुवा, वीर सोनी, वीर विक, मुकेश तिरुवा, भरत कडायात, विशाल देवकोटा र रोशन धामी रहनुभएको छ ।
त्यस्तै, वैकल्पिक सदस्यमा प्रमोद धामी, सेतान केसी जगत् धामी तथा सल्लाहकारमा निरज भण्डारी, जनक विष्ट र केशर बटाला रहनुभएको छ ।
यसैगरी भेलाले गीता तिमिल्सिना संयोजक रहनुभएको २१ सदस्यीय महिला विभाग गठन भएको जानकारी दिइएको छ ।
