गाजामा रहेको इन्डोनेसियन अस्पतालको निर्देशक मारवान सुल्तानको इस्रायली हवाई हमलामा मृत्यु भएको विविसी हिन्दीले बताएको छ । हामासको निर्देशनमा सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको छ कि उनी गाजा शहरको आफ्नै घरमा भएको इस्रायली हवाई हमलामा मारिएका छन् ।
Advertisement
साथै, यस हमलामा उनका धेरै परिवारका सदस्य पनि मारिएका छन् । मन्त्रालयले बताएको कि, डाक्टर मारवान सुल्तानको चिकित्सा क्षेत्रमा लामो करियर थियो ।
इस्राइली सेनाले भनेको छ कि उसले गाजामा हामासको एउटा ‘प्रमुख आतंकवादी’लाई लक्षित गरेर हमला गरेको छ र यो पनि भनेको छ कि हमलामा ‘बेगुनाह नागरिक’लाई भएको क्षतिको दावीको समीक्षा भइरहेको छ ।