• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ

अपराधीहरू

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. कवि

  • ९. पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

  • १०. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

दुई सातामै नौ सय भूकम्प आएपछि जापानी अनिँदै


  •   बिहिबार, असार १९, २०८२ मा प्रकाशित
  • टोकियो । बितेको दुई साताको अवधिमा दक्षिणी जापानमा पातलो बस्ती भएको टापुसमूहमा ९०० भन्दा धेरै भूकम्प आएपछि मानिस अत्तालिएका छन् ।

    Advertisement

    जुन २१, २०२५ देखि टोकारा टापु वरपरको समुद्रमा भूकम्पीय गतिविधि निकै सक्रिय रहेको अधिकारीले बताएका छन् । त्यहाँ जुलाई २ बुधबारका दिन पनि ५।५ म्याग्निट्यूडको भूकम्प आएको थियो ।

    अहिलेसम्म क्षतिका विवरण आएको छैन र सुनामीको चेतावनी पनि जारी गरिएको छैन तर प्रशासनले त्यहाँबाट अन्यत्र जानको निम्ति स्थानीय बासिन्दालाई तयार रहन भनेको छ ।

    जहिल्यै हल्लिरहन्छ
    एक जना स्थानीय बासिन्दाले क्षेत्रीय प्रसारक एमबिसीसँग कुरा गर्दै सुत्न पनि डर लागेको बताएका छन् । उनले भने– ‘जहिल्यै हल्लिरहेकोजस्तो अनुभव भएको छ ।’

    टोकारा क्षेत्रले विगतमा पनि यस्ता भूकम्प बेहोरेको छ तर लगातार एकपछि अर्को गरी आएका पछिल्ला भूकम्प अलि अस्वाभाविक लागेको स्थानीय सञ्चारमाध्यमको बुझाइ छ ।

    भूकम्पको दृष्टिले जापान संसारमै सबभन्दा सक्रिय देशमध्ये पर्छ । प्यासिफिक रिङ अफ फायर भनिने कैयन् टेक्टोनिक प्लेटको सङ्गम रहेको स्थलमा जापान अवस्थित छ । त्यहाँ हरेक वर्ष करिब डेढ हजार भूकम्प जाने बताइन्छ ।

    टोकाराको १२ मध्ये सात टापुमा करिब सात सय मानिस बस्छन् । कतिपय विकट टापुमा अस्पताल छैनन् । सबैभन्दा नजिकको टापु भनेको उक्त प्रिफेक्चरको राजधानी कागोसिमाबाट डुङ्गामा कम्तीमा छ घण्टा पर छ ।

    ‘भूकम्प आउनुअगाडि समुद्रबाट अनौठो गर्जनजस्तो आवाज आउँछ । खासगरी रातको समयमा । निकै डरमर्दो छ’ आकुसेक्जीमा टापुकी चिजुको आरिकावाले द असाही सिम्बुनसँग भनिन् ।

    ‘सबै जना थकित छन् । हामी सबै जना यो रोकियोस् भन्ने चाहन्छौँ’ समुद्र तटमा आफ्ना पतिसँग बस्ने यी ५४ वर्षीया महिलाले भनिन् ।

    ‘यति धेरै भूकम्पपश्चात् अब त केही नहुँदा पनि जमिन हल्लिरहेको जस्तो लाग्छ’ आकुसेक्जीमा टापुका स्थानीय बासिन्दाको सङ्घका अगुवा ६० वर्षीय इसामु साकामोतोले भने ।

    ‘मुनिबाट धक्का आएजस्तो भएर कम्पन सुरु हुन्छ अनि घर हल्लन्छन् । त्रासपूर्ण छ’ उनको भनाइ थियो ।

    टोकारा टापुका केही गेस्टहाउसले भूकम्पका कारण पर्यटकलाई आउनबाट रोकेको र तिनलाई आवश्यक परे स्थानीयका लागि आश्रयको रूपमा प्रयोग गरिने वेबसाइटमा उल्लेख छ ।

    जापानमा आउने अधिकांश भूकम्प साना हुन्छन् तर केही विनाशकारी हुन्छन् । सन् २०११ को भूकम्पले उत्तरपूर्वी तटमा ठुलो सुनामी ल्यायो, जसका कारण १८ हजारभन्दा धेरै मानिसको ज्यान गयो ।

    दशकौँदेखि अधिकारीले अर्को ठुलो भूकम्प, जुन शताब्दीमा एकपटक आउँछ, आउला भन्ने डर पालेका छन् । धेरै मानिस यो डरमाझ नै हुर्किएका छन् । एकदमै खराब अवस्थामा तीन लाख मानिसको ज्यान जाने प्रक्षेपण गरिएको छ । (बिबिसी)

    बिहिबार, असार १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता
    चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता
    व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार
    पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए
    बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ
    मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    • २.
      चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    • ३.
      व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

    • ४.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    • ५.
      पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

    • ६.
      बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ

    • ७.
      अपराधीहरू

    • ८.
      मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.