सुरत (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका सदस्य पूर्ण बहादुर विकले आफू मूल प्रवाह मै रहेको बताउनु भएको छ ।
Advertisement
वहाँले सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ती प्रकाशित गरि आफूलाई केही समय पहिले आफ्नो भेगीय साथीहरुले भ्रममा पारी रास्वपाको सदस्यता ग्रहण गराएको जानकारी गराउनु भएको छ ।
आफूले लामो समयदेखि मूल प्रवाहको विभिन्न तहमा कामगर्दै आएको संगठन भएकोले भ्रमवश रास्वपाको सदस्यता लिएता पनि आजैको मितिदेखि सो पार्टीको सदस्य नरहेको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।


