केनवेरा । अष्ट्रेलियाको संसद भवनभित्र नेपाली समुदाय र सुरक्षाको बारेमा चर्काचर्की बहस भएको छ ।
Advertisement
मंगलबार बसेको अष्ट्रेलियाको कुईन्स्ल्यान्ड राज्यको संसदभित्र प्रतिपक्ष दलका सांसदहरुले त्यहाँ बसोबास र व्यवसाय गर्दै आएका नेपाली समुदायको सुरक्षा बारेमा प्रश्न उठाए ।
केही समय पहिला कुईन्स्ल्यान्डको ब्रिजबेन सहरमा दुई वटा नेपालीको सुन पसलमा सांघातिक हमला गरेर लुटपात भएको थियो ।
त्यसपछि अपराधी समाउन ढिला भएको भन्दै नेपाली समाज एकजुट हुन थालेपछि यो कुरा संसदमा उठेको हो । सांसदहरुले गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिलाई पनि बोलाउनु भएको थियो ।