ओसाका (जापान) । कर्णाली प्रदेश समाज कान्साई क्षेत्र जापानको अध्यक्षमा झरेन्द्रकुमार कवर निर्वाचित भएका छन् ।
जापानको ओसाकामा जुन २२, २०२५ आइतबारका दिन सम्पन समाजको तेस्रो अधिवेशनबाट कवरको अध्यक्ष रहनुभएको २५ सदस्यीय जापान कान्साई क्षेत्रको समिति गठन गरिएको हो ।
“सामाजिक एकता, समृद्धि र सुशासनमा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित सम्पन्न सो अधिवेशनबाट उपाध्यक्षमा अम्मर सेजुवाल, लोकमान पुनमगर, सुरक्षा शाही, सचिवमा प्रकाश रसाइली, सहसचिवमा गणेशसिं ठकुरी र तारा रावल, कोषाध्यक्ष नित्या खड्का, सहकोषाध्यक्षमा शान्ति ठकुरीलगायत चयन भएका हुन ।
त्यस्तै सदस्यमा कोपिलाबम ठकुरी, मुक्ति सुवेधी, सुस्मिता शाही, चन्द्र बुढाक्षेत्री, बेशन भण्डारी, सुजन पुनमगर, अन्जली शाहीठकुरी, चक्रबहादुर विक, सुनिता शाही, सेतु बम, कल्पना र निर्मल बुढाथोकी चयन भएका छन् ।
एवम् प्रकारले सल्लाहकारमा दिलिप कँडेल, डा भरतसिं नेगी, नरेश ओली र रविन्द्र शाही चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष कवरले सबैले विश्वास गरेर आफूलाई अध्यक्षमा निर्वाचित गरेको भन्दै धन्यवाद दिए ।
अधिवेशनमा संस्थाका केन्द्रीय अध्यक्ष कृष्ण शाही, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायत नेपालबाट जापानमा आएका कलाकारहरू विष्णु खत्रीलगायतको उपस्थिति रहेको थियो ।
कर्णाली प्रदेश समाज सन् २०२० मा जापानमा खोलिएको हो ।