• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

यूएईबाट रित्तै हात फर्किएका भन्छन्, ‘आफ्नै देशको माटोमा टेक्न पायौँ, धेरै खुशी छौँ’


  •   शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
  • रमेश गिरी, काठमाडौं ।
    राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी । सेनाका पाँचवटा गाडीमध्ये एउटा गाडी यहाँ रोकियो भने अरु चारवटा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैंक्वेटमा रोकियो ।

    Advertisement

    संयुक्त अरब इमिरेट्स (यूएई)बाट एयर अरेबियाको जी ९ः१७५१ नम्बरको उडानमार्फत त्रिभुवन विमानस्थलमा साँझ ५ः३६ मा अवतरण भएपछि त्यहाँको प्रक्रिया पूरा गरेर सेनाले ६१ नेपाली राति ८ बजे भक्तपुरका दुई होल्डिङ सेन्टरमा ल्याएको थियो । दुबईबाट फर्किएकामध्ये प्रदेश नं १ का ४१ इम्पिरियरमा र प्रदेश नं २ का २० नागरिक हेरिटेजस्थित नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा आएपछि जब बसबाट उनीहरु झर्दैै थिए, उनीहरुको मुहारमा थोरै खुशी धेरै पीडा देखिन्थ्यो ।

    एकाध व्यक्तिको हातमा मात्रै सुटकेश थिए, आउनेमध्ये अधिकांशको हातमा एउटा सानो झोलाबाहेक केही थिएन । रित्तै हात आउने कतिपयको खुट्टामा चप्पल, आङमा पुरानो टिसर्ट र हाफ पाइन्टमात्रै थियो । लाग्थ्यो उनीहरु विदेशबाट होइन, कतै कारखानामा मजदुरी गरेर फर्किरहेका छन् ।

    दुबईबाट ११ महिनामा स्वदेश फर्किएका बाराका अशोक सहनीले आठ महिना पनि राम्रोसँग काम गर्न पाएनन् । विदेश जाँदा लिएको ऋण जिउँदै छ, आमा, श्रीमती, तीन छोराछोरीको सपना दुबईमै सेलाएर उहाँ रित्तै हात फर्किनुभयो । कारोना भाइरस (कोभिड–१९) को महामारी फैलिएसँगै तीन महिना बेरोजगार बस्नुपर्दाको तलब पनि पाएनन । एक महिना खाना दिएको कम्पनीले त्यसपछि छाडेर जान ताकेता ग¥यो ।

    नेपाल फर्कने टिकटसम्म लिने पैसा बल्ल जोहो गर्न सक्नुभयोे, लिएर आउनुभयो त केवल सिङ्गो शरीर । सहनी भन्नुहुन्छ, ‘धेरै सपना बोकेर गएको थिएँ, ऋण तिरौँला, आमा, श्रीमती र सन्तानलाई नयाँ लुगा ल्यादिउँला, तर फर्किंदा रित्तो ज्यान लिएर आएको छु, आफ्नै देशमा फर्किन पाएँ, यसैमा आफूलाई भाग्यमानी ठानेको छु ।’

    सप्तरी कञ्चनपुरकी सीतादेवी सतारको दुःख पनि कम छैन । घरमा छोराछोरी सासूको जिम्मेवारी श्रीमान्लाई सुम्पिएर नौ महिनाअघि दुबई पुग्नुभएकी उहाँ एउटा घरमा काम गर्नुहुन्थ्यो । विदेश जाँदा देखेका सारा सपना एउटा प्लाष्टिकको झोलामा पोको पारेर फर्किनुभएकी उहाँ कोरोनाको कहरसँगै दुई महिना जेलमा बस्नु प¥यो । ‘सात महिनामात्रै काम गरेँ, कोरोना फैलिएपछि घर मालिकले जबर्जस्ती कामबाट निकालिदिए, कामबाट ननिकाल्न अनुरोध गर्दा जेल पठाइदिए’, उहाँले भन्नुभयो, ‘मेरो काम गरेको पैसा पनि खोसे, अब घर फर्कन पाउँछु कि पाउन्न भन्ने लागेको थियो, त्यहाँको सरकारले जेलबाट झिकेर नेपाल पठाइदियो, अब त बाँचियो, आफ्नै देशमा आएँ ।’

    सर्लाही वाग्मतीका युवराज स्याङ्तान दुबई पुगेको छ महिनामात्रै भयो । एक कम्पनीमा हेल्परको काम गर्ने उहाँले जम्मा तीन महिना काम गर्न पाउनुभयोे । ऋण तिर्न त कहाँ हो कहाँ, तीन महिना काम गरेको पैसाले रोजगारी गुमेको तीन महिना खान र प्लेन भाडामात्रै पुगेको बताउनुहुन्छ । ‘सरकारले कहिले फर्काउला भनेर निकै कु¥यौँ, दूतावास धायौँ, कयौँ फोन ग¥यौँ, बल्ल आफ्नो देश टेक्न पाउँदा उताको सबै दुःख भुलेर खुशी भएको छु, परिवार पनि बल्ल खुशी भए, ज्यान रहे ऋण त तिरौँला नि’, उहाँ खुशी र हिम्मतसँगै व्यक्त गर्नुहुन्छ ।

    दुईवर्षअघि दुबई पुग्नुभएका बारा कलैयाका जीतेन्द्र सहनी कोरोना भाइरसका कारण डेढ महिनादेखि कामविहीन बन्नुभएको थियो । त्यहाँ हेल्परको काम गर्नुभएका सहनीलाई कोरोनाको महामारीले कम्पनी बन्द भएसँगै निकाल्यो ।
    ‘कम्पनी छाडेर जा, जहाँसुकै जा, कि अरु कम्पनी खोजेर भए पनि जा भनेर निकै दुःख दियो, यस्तो बेलामा कुन कम्पनीले काम लाउँथ्यो र !’
    उहाँ भन्नुहुन्छ, ‘कति नेपाली सडकमा परेका छन्, कतिले खान पाएका छैनन्, नेपाल फर्कने बाटो कुरेर बसेका छन्, बल्लतल्ल म आफ्नो देश आएँ, अब त मरे पनि बाँचे पनि आफ्नै माटोमा आएँ, धेरै खुशी भाएको छु ।’

    नेपाल आउँदा आफैँले भाडा तिरेर आउनुभएका उहाँ पेटभरि खानसमेत नपाएको बताउनुहुन्छ ।
    ‘त्यहाँ कैयौँ नेपालीले पेटभरि खान पाएका छैनन्, कैयौँ अलपत्र छन्’, घरमा आमा, श्रीमतीसहित चार सन्तानले पर्खिरहेको बताउँदै उहाँ भन्नुहुन्छ, ‘युएइको १५५० रुपैयाँ जहाज भाडा तिरेर म फर्किएँ, गोजीमा उताको १० रुपैयाँ बाँकी छ, कैयौँ नेपालीसँग जहाज भाडा तिर्ने पैसा पनि छैन, उनीहरु कसरी फर्कन्छन् खै ?, आज आफ्नै देशमा आउन पाएँ, धेरै खुशी भएको छु ।’

    खाडी मुलुकबाट नेपाल फर्कने सबैको दुःख उस्तै थियो । धनुषा जनकपुरका हरिकिशोर चौधरी दुबई गएको पाँच महिनामात्रै काम गर्न पाए । त्यसपछि कोरोनाले काम बन्द भयो, आठ महिनाको बसाइँमा तीन महिना कामविहीन भएर अलपत्र परेँ ।
    उहाँ भन्नुहुन्छ, ‘दुई वर्षको भिसा छ, पाँच महिनामात्रै काम गरेँ, जाँदा लिएको ऋण पनि तिर्न पाइनँ, युएइको १८५० रुपैयाँ जहाज भाडा तिरेर फर्किएँ, नेपाल आउन लागेको खबरले परिवार पनि धेरै खुशी छन्, सकुशल नेपाल फर्किन पाएँ, यसैमा धेरै खुशी लागेको छ ।’

    भक्तपुरका दुई होल्डिङ सेन्टरमा रहेका प्रदेश नं १ र २ का उनीहरुको व्यक्तिगत विवरण लिने, तापक्रम नाप्ने कार्यमा नेपाली सेना वीरदल गण खटिएको थियो । उनीहरुलाई खाना खुवाएर एक घण्टाभन्दा बढी विश्राम गराएर राति १०ः४० मा प्रदेश पठाएको गणका गणपति एवं कर्नेल शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । यातायात व्यवसायी महासङ्घको दुईवटा बसमा हालेर उनीहरुलाई प्रदेश पठाएको थियो । शुक्रबार युएइबाट एक शिशुसहित १५५ पुरुष र १३ महिला गरी १६८ जना नेपाली कामदारलाई सरकारले उद्धार गरेर नेपाल ल्याएको थियो । (रासस)

    शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.