उद्धव मगर, कतार ।
कतार नेपाली एकता समाज केन्द्रीय समितिले कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको छ ।
Advertisement
जुन १३ का दिन आयोजित प्रशिक्षण कार्यक्रममा समाजका सल्लाहकार लुमाकान्त पुन मगर र हुमाकान्त आचार्यले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
यस्तै, कतार नेपाली एकता समाजको इतिहासबारे समाजका अध्यक्ष राम प्रसाद पराजुलीले स्पष्ट पार्नुभएको थियो ।
समाजका महासचिव मिनराज पुन मगरको सन्चालनमा सम्पन्न कार्यक्रमको अध्यक्षता उपाध्यक्ष कमल आचार्य र स्वागत अर्का उपाध्यक्ष अमिना खानले गर्नुभयो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।