खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
भारतको बिकानेरमा एक सय छत्तिसाौ मे दिवसको कार्यक्रम सम्पन्न भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा मे १, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
सभामा मजदुर आन्दोलनको महत्त्व एवम् मजदुर आन्दोलनलाई वर्गीय आन्दोलनमा रूपान्तरणको आवश्यकताबारे विचार राख्ने वक्ताहरूमा सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य रामप्रसाद पोख्रेल, महिला क्षेत्रीय सदस्य कमला पाण्डे, क्षेत्रीय महिला सदस्य सबिता खनाल, नगर अध्यक्ष विशाल अधिकारी, समता विभागका राजु विक, जनजाति विभागका बलबहादुर राना, सांस्कृतिक विभागकी उषा बिसी, अखिल भारत नेपाली विद्यार्थी सङ्घकी आरती भुल र विशाल अधिकारीलगायत हुनुहुन्थ्यो ।
कार्यक्रम विष्णुबहादुर केसीको अध्यक्षता तथा रामकुमार रसाइलीको सञ्चालनमा सम्पन्न भएको थियो ।