खिमराज चालिसे, (चन्डिगढ)
अन्तर्राष्ट्रिय एकताको लागी प्रवासी नेपाली जनता मञ्च हिसारको आयोजनामा लेनिन दिवस तथा पार्टी स्थापना दिवस मनाइएको छ ।
मङ्गलबार २२ अप्रेल २०२५ का दिन लेनिनको एक सय छप्पन्नौँ जन्मजयन्ती तथा नेकपाको सतहत्तरौँ स्थापना दिवसको अवसरमा सो कार्यक्रम भव्य र सानदार रुपमा सम्पन्न गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मूलप्रवाहका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिमोत्तर क्षेत्रिय अध्यक्ष तारा सोमरेले मार्क्सवाद लेनीनवाद तथा माओविचारधाराको सैद्धान्तिक हतियारको व्यावहारिक प्रयोगले नै संसार भरका शोषित उत्पिडीतको मुक्ति हुन सक्ने धारणा राख्नु भएको थियो।
सभालाई सम्बोधन गर्ने अन्य वक्तामा मूल प्रवाह सुदूरपश्चिमोत्तर महिला क्षेत्रिय सदस्य कमला बगाले पनि हुनुहुन्थ्यो ।
कार्यक्रम ओमप्रकाशको सञ्चालन तथा बाबुराम पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत दुर्गा ज्ञवालीले गर्नुभएको हो ।
