उद्यव मगर, दोहा ।
Advertisement
कतारको लेबर सिटी एरियामा कतार नेपाली एकता समाजको एरिया समिति गठन भएको छ ।
समाजका प्रथम उपाध्यक्ष कमल आचार्य, सचिव बलदेव राना र ग्रेनमहल एरिया समितिका अध्यक्ष रविलाल सुनारको पहलकदमी तथा उपस्थितिमा सो समिति गठन भएको हो ।
अप्रिल १८, २०२५ शुक्रकारका दिन गठित सात सदस्यीय सो समितिको अध्यक्षमा सन्तोष सुनार, उपाध्यक्षमा कुमार खनाल, सचिवमा रामबहादुर अधिकारी र कोषाध्यक्षमा ठाकुर सुनार रहनुभएको छ ।
त्यस्तै, सदस्यमा लक्ष्मण मगर, शिव खनाल तथा एक स्थान रिक्त राखिएको छ ।