खिमराज चालिसे, चंडिगढ ।
जुम्लाको सिञ्जा गाउँपालिका–६ का २८ वर्षीय सिहंरुप रावत भारतको हिमांचल राज्यस्थित किन्नौरको रिकांगपिओबाट सम्पर्कविहीन भएका छन् ।
Advertisement
४ महिनादेखि रिकांगपिओमा मजदुरी गर्दै आएका रावत करिब एक महिनादेखि सम्पर्कविहीन भएका हुन् ।
२२ मार्च २०२५ देखि लापत्ता सिंहरुपको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खोजी कार्य सुरु गरेको छ।
२२ मार्च साँझ ५ बजे कोठाबाट निस्केका उनी आजसम्म सम्पर्कमा नआएको भाइ रामबहादुर रावतले बताए । रामबहादुरले दाइको खोजीका लागि आग्रह गरेपछि मूल प्रवाहले खोज तलास तिब्र पारेको छ।
उनी भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा रिकांगपिओमा नगर अध्यक्ष गोपालजंग शाही (मोबाइल नम्बर ९८१७६०००४१) अथवा भाइ रामबहादुर रावत (मोबाइल नम्बर ९८१८१२७१२७) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

