काठमाडौं । शनिबार नेपालमा १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।
Advertisement
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ ।
कोरोना संक्रमणका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने २१९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
शनिबारमात्रै टेकु अस्पतालबाट २ पुरुष ५ दिनमा र सशस्त्र अस्पतालबाट ११ जना १० देखि १५ दिनमा डिस्चार्ज भएका छन् ।