टेकराज भुसाल, अर्घाखाँची ।
नेपालको बाम–लोकतान्त्रिक आन्दोलनका कर्मठ योद्धा तथा शिक्षाप्रेमी, समाजसेवी विश्व मावि ढाकावांगका तत्कालिन प्रधानअध्यापक स्वर्गीय कुलानन्द बञ्जाडेको १४औं स्मृति दिवस माल्यर्पण गरि मनाइएको छ।
माल्यर्पण कार्यक्रममा स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा भुमिकास्थान नगरपालिका २ नम्बरका वडा अध्यक्ष बुद्धि बहादुर थापा, १ नम्बरका वडा अध्यक्ष भोजराज खनाल, प्रतिष्ठानका निवर्तमान अध्यक्ष खड्क बहादुर थापा लगायतले माल्यर्पण गरेका थिए।
स्व. बन्जाडेको स्मृति दिवसको अवसरमा भुमिकास्थान नगरपालिका १ र २ नम्बर वडाका विद्यालयका विद्यार्थीहरु मध्य शैक्षिक सत्रको वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याई विद्यालय प्रथम हुने एक–एक जना छात्र छात्रालाई पुरस्कृत गर्दै आएको पुरस्कार वितरण कार्यक्रम यस वर्ष भने कोरोना भाइरसका कारणले गर्न नसकिएको प्रतिष्ठानले जनाएको छ ।
यस वर्ष स्थगित गरिएको सो कार्यक्रमलाई आगामी वर्षहरुमा निरन्तरता दिइने प्रतिष्ठानका थापाले जानकारी दिनुभयो ।