खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सुदूर पश्चिमोत्तर क्षेत्रको जालन्धरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मार्च ३०, २०२५ का दिन नगर समितिको आयोजनामा एकदिने सैद्धान्तिक प्रशिक्षण सम्पन्न भएको हो ।
केन्द्रीय सचिव एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय सचिव कुलबहादुर बगालेले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा समसामयिक विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा प्रशिक्षकहरू केन्द्रीय सचिव बगाले, केन्द्रीय वैकल्पिक सदस्य धनबहादुर गोर्खाली, केन्द्रीय सल्लाहकार जितमान थापा हुनुहुन्थ्यो ।
तिलबहादुर थापाको सञ्चालन तथा मीना थापाको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा स्वागत मन्तव्य रामबहादुर दर्लामी गर्नुभएको थियो ।


