खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
भारत पन्जाबको सङ्गरुरबाट राष्ट्रिय जनमोर्चाद्वारा आगामी चैत २४–३० गतेसम्म आयोजित सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनप्रति एक्यबद्धता प्रकट गरिएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मार्च २६, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
सभालाई सुदूर पश्चिमोत्तर क्षेत्रीय महिला सदस्य लक्ष्मी खनाल र मन्जु शर्मा, सांस्कृतिक विभागका राजु खनाल, बाबुराम परियार, रामजी भुसाल, सरिता भुसाल, पवित्रा बस्याललगायतले सम्बोधन गर्नुभएको थियो ।
गुणनिधि आचार्यको अध्यक्षता तथा रामप्रसाद खनालको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा स्वागत लक्ष्मी विष्टले गर्नुभएको थियो ।