काठमाडौं । थारु पत्रकार संघले थारु पत्रकारहरुको कोरोना बीमा गर्ने तयारी गरेको छ । बिहीबार बसेको संघ नेपालको केन्द्रीय समितिको जुम बैठकले आफ्ना सदस्यहरुको कोरोना बीमा गर्ने निर्णय गरेको हो ।
Advertisement
पहिलो चरणमा केन्द्रीय समितिका सल्लाहकार सहित केन्द्रीय कार्य समिति सदस्यहरुको कोरोना बीमा गर्ने निर्णय भएको अध्यक्ष सन्तोष दहितले जानकारी दिनुभयो । त्यसका लागि अध्यक्ष दहित र उपाध्यक्ष रामचन्द्र कुसमीलाई जिम्मा दिइएको छ ।
यस्तै, बैठकले अनलाईन पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । पहिलो चरणमा विभिन्न विद्यामा तीनदिन तालिम सञ्चालन गर्नेगरी संघका महासचिव सन्तकुमार चौधरीलाई तालिमको संयोजन गर्ने जिम्मा दिएको छ ।
यसैगरी थारु पत्रकार संघ नेपालको मुखपत्रको रुपमा प्रकाशन हुँदै आएको ‘फुलोरिया’लाई प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

