उद्यव मगर, दोहा ।
कतारमा कतार नेपाली एकता समाजको एरिया समिति गठन भएको छ ।
मार्च २०, २०२५ का दिन सम्पन्न भेलामाझ सो समिति गठन गरिएको हो ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य मीनराज पुनको प्रमुख आतिथ्य रहेको सो भेलाका लागि कतार एकता समाजका केन्द्रीय उपाध्यक्ष कमल आचार्य र केन्द्रीय सचिव बलदेव रानाले पहलकदमी गर्नुभएको थियो ।
सो अवसरमा कतार एकता समाजका केन्द्रीय सदस्य तेजनारायण शर्मा र हरिप्रसाद शर्माको पनि आतिथ्य रहेको थियो ।
भेलाले रविलाल सुनार अध्यक्ष रहनुभएको नौ सदस्यीय एरिया समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा दिलिप खत्री, सचिवमा विशाल जिसी, कोषाध्यक्षमा सुनिल परियार र सदस्यमा भरत कार्की, चन्द्रबहादुर सुनार र वीरबहादुर एमसी रहनुभएको छ ।
भेलाले रामप्रसाद खनाललाई सल्लाहकारमा चयन गरेको छ ।
पहिलो बैठकले पदपूर्ति गर्ने गरी समितिमा सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको छ ।