काठमाडौं । कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ । ललितपुरबाट निर्वाचित सांसद एवं नेकपाकी नेत्री पम्फा भुसालले एक पुरुषको मृत्यु भएको सामाजिक सञ्जालमा बताउनुभएको छ ।
Advertisement
बुधबार राति करिब ९ बजे भुसालले फेसबुकमा लेख्नुभएको छ, ‘दुखद खबर । ललितपुरमा पनि एकजनाको कोरोना भाइरसका कारणबाट दुखद निधन भएकोछ । मृतकपरती हार्दिक श्रदंजली र परिवारजनमा समबेदना व्यक्त गर्दछु ।’
ललितपुरको किस्ट अस्पतालमा ५७ वर्षीय पुरुषको ज्यान गएको स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनको घर ललितपुरको बुङमती हो ।