• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

शिक्षकलाई उग्र हुने वातावरण नबनाउन अध्यक्ष कार्कीको सरकारसित आग्रह


  •   मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्कीले शिक्षकलाई उग्र हुने वातावरण नबनाउन सरकारसित आग्रह गर्नुभएको छ ।

    Advertisement

    २०८१ फागुन २६ गते सोमबार युगदर्शन मिडियाका लागि प्रकाश थापामगर र गोविन्दकुमार शर्मालाई भिडियो अन्तर्वार्ता दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    सोमबार नै नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको सन्दर्भमा उहाँले शिक्षकको शालीनलाई सम्मान गर्न आग्रह गर्नुभयो ।

    ‘आन्दोलनको शालीनता बिग्रियो भने के हुन्छ ? उग्रता पनि हुन सक्छ । उग्र हुनुनपरोस् भन्ने हाम्रो अपेक्षा छ’ उहाँले भन्नुभयो–’सबैभन्दा उत्कृष्ट पेसा शिक्षक पेसा हो भन्नेमा हामीलाई कायम रहन दिनुहोस् ।’

    अहिले प्रतिनिधिसभाबाट शिक्षा ऐन ल्याउन दोस्रो चरणको कार्यक्रमअनतर्गत पार्टी कार्यालय घेराउ र रिले अनसन गर्ने कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो ।

    ‘शिक्षकहरू अधिकार र कर्तव्यलाई सँगसँगै लैजान्छन् । कर्तव्यबिनाको अधिकार फिका हुन्छ भन्ने उसले बुझेको छ’ उहाँले विद्यालय बन्दको कार्यक्रमबारे चैत २० गतेपछि मात्रै निर्णय गर्ने बताउनुभयो ।

    उहाँले तत्कालीन राजा महेन्द्रले आफू नेतृत्वको निरङ्कुश पञ्चायती व्यवस्थालाई सुदृढ गर्ने सोचअनुसार ल्याएको शिक्षा ऐनलाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    २०२८ सालको उक्त कानुन परिमार्जन नभएकै कारण समस्या आइपरेको भन्दै उहाँले अगाडि भन्नुभयो– ॅशिक्षकहरू हाँसीखुसी विद्यालय प्रवेश गर्ने वातावरण कहिल्यै पनि बनेन ।’

    अध्यक्ष कार्कीले पुरानो कानुनलाई परिमार्जन गर्ने गरी सङ्घीय ऐन नबन्ने तर स्थानीय पालिकाले आफूखुसी शिक्षा ऐन ड्राफ्ट गर्ने अवस्थाले गर्दा समस्या बल्झिएको बताउनुभयो ।

    त्यस्तै, अध्यादेशमार्फत् २०७५ चैतदेखिको पेन्सनबापतको फन्ड जम्मा गर्ने प्रावधान ल्याउनु आपत्तिकजनक भएको उहाँको भनाइ थियो । उहाँका अनुसार २०७५ सालदेखि हालसम्मको फन्ड तिर भन्नु व्यावहारिक नहुने उहाँले स्पष्ट पार्नुभयो ।

    त्यस क्रममा जे मनमा आयो, त्यही नीतिनियम बनाउने अप्रजातान्त्रिक शैलीको उहाँले विरोध गर्नुभयो ।

    शिक्षकले राजनीति गरे भनेर उल्टै स्थानीयका दलहरूले राजनीति गरेको उहाँले दाबी गर्नुभयो ।

    ‘आफ्ना मान्छे भए योगदान नदिएकोलाई पनि प्रमोसन गर्ने तर एन्टीपार्टीको छ भने एबल (क्षमतावान्) मान्छेलाई पनि साइड लगाइन्छ’ उहाँले अगाडि भन्नुभयो– ॅत्यति मात्रै होइन, पूरै अधिकार हामीकहाँ आयो, हाम्रा एन्टी भनेका शिक्षक–कर्मचारी हुन्, व्यवस्थापन गर्न तिमीहरू हाम्रो अन्डरमा रहनुपर्छ भन्ने तरिका छ । यो निरङ्कुश शैली हो ।’

    उहाँले कुनै शिक्षकले नपढाईकन झोला बोकेर हिँडेको छ भने त्यसलाई नियन्त्रण गर्न सबै विद्यालयमा व्यवस्थापन समिति रहेको स्पष्ट पार्दै त्यसले गुणस्तरमा समस्या नपारेको बताउनुभयो ।

    अन्तर्वार्तामा उहाँले राहत शिक्षकलाई बिसौँ/तिसौँ वर्ष कायम नराखेको तथा पिसिएल शिक्षकलाई एघार/बाह्र कक्षामा ल्याएर दरबन्दी समायोजन गरेको भए समस्या त्यति जटिल नहुने धारणासमेत राख्नुभयो ।

    त्यस्तै, उहाँले बालविकासलाई विद्यालयको मूल धारमा ल्याउनुपर्ने, त्यस क्रममा बालविकासमा काम गर्ने शिक्षकको पेसागत हकलाई सुरक्षित गनर्नुपर्ने बताउनुभयो ।

    त्यसैगरी उहाँले विद्यालय कर्मचारीलाई नेपाल सरकारको कर्मचारीसरहको दरबन्दीमा रूपान्तरण गर्न आग्रहसमेत गर्नुभयो ।

    (अन्तर्वार्ताको पूर्ण पाठ)

    मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    https://twitter.com/eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.