• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

विदेशीले बोकाएको संघीयता बोक्दैनौँ, गणतन्त्र खतरामा परे चुप लागेर बस्दैनौँ : अध्यक्ष खनाल


  •   सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
  • जयपुर (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले देशमा लोकतान्त्रिक गणतन्त्र खतरामा परे प्रवासी नेपालीहरू चुप लागेर नबस्ने चेतावनी दिएको छ ।

    Advertisement

    मूल प्रवाह जयपुर नगर समितिले आयोजना गरेको प्रेस सम्मेलनमा बोल्दै मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले यस्तो चेतावनी दिनुभएको हो ।

    मूल प्रवाह अखिल भारतीय नेपाली एकता समाज जयपुर उत्तर र दक्षिण नगर समितिले पिंक सिटी प्रेस क्लबमा पत्रकार सम्मेलन गरेको थियो ।

    समाजका अध्यक्ष ठाकुर खनाल र उपाध्यक्ष कपिल खनालले पत्रकारहरूको प्रश्नको जवाफ दिनुभएको थियो । अध्यक्ष खनालले नेपालको वर्तमान अवस्थाको प्रकाश पार्दै नेपाल र भारतका जनताबीचको सम्बन्ध रोटी र बेटीमा मात्र सीमित नभएर एकअर्काको लोकतान्त्रिक आन्दोलनसँग पनि जोडिएको बताउनु भयो ।

    खनालले भन्नुभयो, ‘भारतको स्वतन्त्रता आन्दोलनमा धेरै नेपाली नागरिकले सक्रिय सहभागिता जनाएका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतको जनसमर्थन पनि रह्यो । नेपाली जनताले आफ्नो बलिदान आन्दोलनको आधारमा १४० वर्ष पुरानो राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गरी धर्मनिरपेक्ष, समावेशी र समानुपातिक संविधान निर्माण गरेका छन् ।’

    उहाँले विदेशी शक्ति केन्द्रको दबाबले नेपालमा संघीयता लागू भएको स्पष्ट पार्दै आर्थिक, सामाजिक र रणनीतिक हिसाबले संघीय व्यवस्था नेपालको हितमा छैन भन्नुभयो । ‘त्यसैले नेपालमा संघीयताको अन्त्य गरी स्थानीय विकेन्द्रीकरणको आधारमा एकात्मक राज्य व्यवस्था स्थापना गर्नु उपयुक्त हुन्छ’

    केही प्रतिगामीहरूले हिन्दू राज्यको आडमा नेपालमा गणतन्त्रलाई समाप्त गर्ने षड्यन्त्र भइरहेको भन्दै खनालले थप्नुभयो, ‘भारतका हिन्दुत्ववादी शक्तिहरूले नेपालका प्रतिगामीहरूलाई सहयोग र समर्थन गरिरहेका छन् । तर सचेत नेपाली जनताले त्यसो हुन दिँदैनन् । र, भारतका न्यायप्रेमी जनताले लोकतन्त्रको पुनर्स्थापनाको आन्दोलनमा जसरी सहयोग र समर्थन गरेका छन्, त्यसरी नै लोकतान्त्रिक प्रणालीको रक्षाका लागि पनि सहयोग र साथ दिनुहुनेछ भनी अपिल गर्दछौँ ।’

    पत्रकार सम्मेलनमा आयोजकको तर्फबाट रिम राणाले प्रेस नोट प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन बेलबहादुर रजाली, केन्द्रीय सदस्य मोहन गिरी, महिला विभागकी दिपा थापा र कल्पना थापाको सहभागिता रहेको थियो ।

    यस्तो छ, प्रेस नोट

    आदरणीय पत्रकार मित्रहरू,
    नेपाल र भारतबीच परापूर्वकालदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । तीर्थयात्राका लागि अन्य देशमा पनि आवतजावत भएको छ । यसको मुख्य कारण धार्मिक मान्यता अनुसार नेपाल र भारतमा विभिन्न देवीदेवताका स्थान, गुम्बा र मन्दिर रहेका छन् । समयसँगै विभिन्न देशको सिमाना पनि स्पष्ट हुँदै गयो र सिमानालाई नियमन गर्न धेरै कानुन बने । धेरै देशहरूमा प्रवेशको लागि प्रवेशाज्ञा (विजा) को व्यवस्था गरे । तर नेपाल भारतको बीचमा भएको मित्रतालाई निरन्तरता दिन सन् १९५० मा नेपाल–भारत शान्ति तथा मैत्री सन्धि भएको थियो । उक्त सन्धिले एक अर्का देशका नागरिकलाई निर्बाध आवागमन, समान अवसर र अधिकार प्रदान गर्दछ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एउटा भारत सरकारमा पंजीकृत सामाजिक संस्था हो। संस्थाले भारतमा रहेका नेपालीको हक हित, सामाजिक उत्थान र नेपाल एवं भारतका जनताबीचको मित्रतालाई मजबुत बनाउने काम गर्दै आएको छ ।
    एकातिर पुँजीवादको विकाससँगै मानव समाजले धेरै फाइदा पनि पाएको छ । विज्ञानको विकाससँगै कलकारखाना, यातायात, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा क्रान्तिकारी परिवर्तन भएसँगै मानव जातिको प्रगतिसँगै सुविधा पनि उपलब्ध भएको छ ।

    तर यसका केही साइड इफेक्ट पनि भएका छन्, समाजमा मानवता र नैतिक मूल्यमान्यतामा पनि ह्रास आएको छ र विकृति फैलिरहेको छ । सबै कुरालाई पैसासँग तुलना गर्न थाल्यो, पैसा नै सबै थोक हो, सुख, आराम, इज्जत सबैथोक आदि । जसका कारण समाजमा भ्रष्टाचार, चोरी, डकैती, हत्या लगायतका घटनाहरु पनि बढेका छन् । हाम्रो संस्थाले सामाजिक उत्थानका लागि काम गर्छ । त्यसैले कुनै पनि समाज विरोधी र गैरकानूनी कार्य भ्रत्सना गर्दछ । जो सुकै समाज विरोधी र गैरकानूनी गतिविधिमा संलग्न भएको हुन्छ त्यसलाई कानुनी कारबाही हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

    निस्सन्देह, चोरी, डकैती वा हत्या जस्ता गैरकानूनी गतिविधिमा संलग्न जोसुकै अपराधी हो र अपराधीको कुनै जात वा समुदायको हुँदैन। उ अपराधी हो र कार्वाहीको योग्य छ। कतिपय घटनामा नेपाली समुदायका व्यक्तिको नाम पनि देखिएको छ । जसका कारण प्रशासन र केही सञ्चारमाध्यमले यसलाई सम्पूर्ण नेपाली समुदायसँग जोड्न खोज्दै छ र आम नेपाली समुदायलाई नै निशाना बनाएका छन् ।

    कुनै पनि व्यक्तिले गरेको अपराधको लागि आम नेपाली समुदायलाई बदनाम गर्न र हैरानी नगर्न प्रशासन, सञ्चारमाध्यम र सर्वसाधारणलाई अनुरोध गर्दछौं। कुनै पनि घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही होस् । हामी नेपाली समुदायलाई कुनै पनि प्रकारका असमाजिक र शङ्कास्पद व्यक्तिहरूबाट टाढा रहन आग्रह गर्दछौं। यस्ता व्यक्तिको जानकारी प्रहरी प्रशासनलाई दिनुहोस्।

    सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.