दाङ । दाङको घोराहीमा एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।
‘एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौँ, महिलामाथिका सबै खाले विभेदको अन्त्य गरौँ’ मूल नाराका साथ २०८१ फागुन २४ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
अखिल नेपाल महिला सङ्घ घोराही नगर समितिको आयोजनामा अघि बढेको सो कार्यक्रम दाङ उद्योग बाणिज्य सङ्घको सभाकक्षमा सम्पन्न भएको थियो ।

महिला सङ्घकी राष्ट्रिय परिषद् सदस्य कृष्णा राना प्रमुख अतिथि रहनुभएको कार्यक्रमका विशेष अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापा हुनुहुन्थ्यो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल जनजाति सम्मेलनको पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएम, अखिल नेपाल युवक सङ्घकी हिमा खनाल, रक्तिम सांस्कृतिक अभियान घोराही नगरका अध्यक्ष उत्सव पुन, राजमो दाङका कोषाध्यक्ष हरि खरेल, महिला सङ्घ दाङकी जिल्ला सदस्य हीरा खनाल, अखिल नेपाल शिक्षक सङ्घ दाङकी सहसचिव ओमकला खनाल, जातीय समता समाज दाङका जिल्ला सदस्य पोषण नेपाली, महिला सङ्घ घोराही नगर उपाध्यक्ष सुशीला नेपाली र राजमो दाङका जिल्ला सदस्य मेघराज भट्टराईलगायतले पनि मन्तव्य राख्नुभएको थियो ।

महिला सङ्घकी नगर उपाध्यक्ष सुशीला नेपालीको स्वागत भाषणबाट सुरु भएको कार्यक्रममा महिला सङ्घकी नगर अध्यक्ष बसन्ता भट्टराईको अध्यक्षता तथा आशाकिरण पाण्डेयले सञ्चालन रहेको थियो ।
कार्यक्रम महिला मजदुर तथा राजमोकी सक्रिय सदस्य सावित्रा घर्तीलाई प्रमुख अतिथि रानाले अबिरटिका र खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
