टेकबहादुर थापा, दोहार (कतार) ।
कतार नेपाली एकता समाजअन्तर्गत रहेको बुद्धिजीवी विभागले वनभोज कार्यक्रम सम्पन्न नगरेको छ ।
केन्द्रीय अध्यक्ष रामप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा फेब्रुअरी २१, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि पराजुलीले हामी प्रवासमा भए पनि एकता समाजलाई मजबुत बनाएर लैजानको लागि एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रवासमा स्थापनाकालदेखि मजदुरका निम्ति सधैँ सहयोगी संस्थाको रूपमा एकता समाजले काम कार्य गर्दै उहाँले बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य खिम बुढा, समाजका केन्द्रीय उपाध्यक्ष कमल आचार्य, महिला उपाध्यक्ष अमिना खान, कावा महासचिव बलदेव राना, कोषाध्यक्ष लक्ष्मण कोइराला, महिला विभागकी संयोजक जानुका बस्नेत खड्का, केन्द्रीय सदस्य खगेश्वर भुसाललगायतले पनि मन्तव्य राख्नुभएको थियो ।
वक्ताहरूले स्थापनाकालदेखि नै समस्यामा परेका मजदुरहरूको न्यायका लागि लड्दै आएको दाबी गर्नुभयो ।
अन्य सङ्गठनको तुलनामा एकता समाजका कार्यकर्ता अत्यन्तै इमानदार रहेको उहाँहरूको भनाइ थियो ।
कार्यक्रममा रक्तिमका कलाकारद्वारा गीतसङ्गीत प्रस्तुत गरिएको थियो ।
बालकलाकार बार्बी खड्काले ‘कापिला हामी’ शीर्षकमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै, कार्यक्रममा ‘म हिँडेको गाउँको’, ‘मधेसी पहाडी’, ‘सिमालु छायामा बसी’, ‘तलमा पऱ्यो’, ‘सुक्दैन सालैको बोट’, ‘आए म त सिमाना काटी’ लगायतका गीतको बोलमा गीत प्रस्तुत गरिएको थियो ।
विभागका संयोजक मिलन गौतमको अध्यक्षता तथा विभागका सदस्य बाबुराम पौडेलले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजीकरण विभागका सदस्य दोणप्रसादले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा रक्तिमका कलाकारद्वारा ‘क्षितिजपारि उठने छौँ हामी’ गीतबाट स्वागत गर्नुभएको थियो ।
