तारापुर । प्रवासी नेपाली सङ्घ महाराष्ट्र राज्य समिति सदस्य मिनबहादुर विक एवम् सरौली नगर समिति सदस्य सुर्य भण्डारीले सो सङ्गठन परित्याग गरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेको घोषणा गर्नुभएको छ ।
वहाँहररूले एक संयुक्त वक्तव्य जारि गर्दै सो जानकारी गराउनुभएको हो ।
वहाँहरुद्धारा जारि गरिएको वक्तव्यमा ‘प्रवासी नेपाली सङ्घले प्रवासी नेपालीहररूको हकहित भन्दा पनि भोट बैंक सुरक्षीत गर्ने काम मात्रै गरेको र उसको मातृपार्टी एमाले देशका उत्पीडित जनताको मुक्तिको लागि काम गर्न सकेको छैन’ भन्नु भएको छ– ‘आजकै मितिदेखि प्रवासी सङ्घको सबै जिम्मेवारीसहित साधारण सदस्यसमेत बाट राजीनामा दिँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेका छौँ ।’
वहाँहरूलाई केन्द्रीय सदस्य गोविन्द थापा, टंक कुँवर, तारापुर नगर कोषाध्यक्ष लोकमणी पाण्डेको उपस्थितिमा केन्द्रीय अध्यक्ष ठाकुर खनालले सदस्यता प्रदान गर्नुभएको थियो ।
