उद्धव मगर, दोहा ।
Advertisement
कतार नेपाली एकता समाजको बुद्धिजीवी विभागले आगामी फेब्रुअरी २१, २०२५ शुक्रबारका दिन वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ ।
फेब्रुअरी १४ शुक्रबारका दिन सम्पन्न विभागको बैठकले कतारको वक्रास्थित सी लाइन बिचमा सो कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभागका सदस्यलाई जिम्मेवारी दिइएको विभागका बाबुराम पौडेलले जानकारी दिनुभयो ।
रक्तिम सांस्कृतिक विभागको कार्यक्रम समेत प्रस्तुत हुने उक्त कार्यक्रममा सहभागीका लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिइएको उहाँले बताउनुभयो ।