काठमाडौँ । राष्ट्रिय जनमोर्चानिकट विभिन्न सम्पर्क समितिले आगामी फागुन २४ गते काठमाडौँको बालाजु बाइसधारामा वनभोज कार्यक्रम सम्पन्न गर्ने भएका छन् ।
विभिन्न सम्पर्क समितिको २०८१ माघ २६ गते शनिबार बागबजारमा सम्पन्न संयुक्त बैठकले सो निर्णय गरेको हो ।
बैठकले प्युठान–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष अधिवक्ता पदम रोका संयोजक रहनुभएको वनभोज व्यवस्थापन मूल समिति गठन गरेको छ ।
समितिको सदस्यमा सुवास जिसी, छवि खनाल, दिवाकर सुवेदी, झविन्द्र बेलबासे, रमेश पौडेल, डम्मर कार्की, लालबहादुर थापा, बेगमबहादुर खड्का, थानेश्वर जिएम, भीष्म जोशी, जगत्प्रसाद रेग्मी, ऋतु केसी, लालमणि बन्जाडे, समीर सिंह, समष्टि बुढा, मेस्मा पुन, मीना पुन, निमबहादुर बुढाथोकी, जगत् श्रेष्ठ र सीता कार्की रहनुभएको छ ।
आगामी फागुन २ गते मूल समितिको बैठक बसेर वनभोजसम्बन्धी विस्तृत कार्यक्रम बनाइने संयोजक रोकाले युगदर्शनलाई जानकारी दिनुभयो ।
बैठकमा प्युठान–काठमाडौँ सम्पर्क समिति, अर्घाखाँची–काठमाडौँ सम्पर्क समिति, बागलुङ–काठमाडौँ सम्पर्क समिति, गुल्मी–काठमाडौँ सम्पर्क समिति, सुदूरपश्चिम–काठमाडौँ सम्पर्क समिति, कर्णाली–काठमाडौँ सम्पर्क समिति, रामेछाप–काठमाडौँ सम्पर्क समिति र कोशी–काठमाडौँ सम्पर्क समितिका पदाधिकार तथा प्रतिनिनिधिको सहभागिता रहेको थियो ।
वनभोज कार्यक्रम राजमोको सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको प्रचारप्रसारसित सम्बन्धित रहेको आयोजकले जनाएको छ ।