खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
भारतको दिल्लीबाट जनवरी २, २०२५ को लापत्ता भएकी अर्घाखाँचीकी २० वर्षिय युवती मनिषा नेपाली मूल प्रवाह अखिल नेपाली एकता समाजको सक्रियतामा फेब्रुअरी ५ का दिन पन्जाबमा फेला परेकी हुन् ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–७ खानीगाउँका स्थायी निवासी २० वर्षीया मनिषा दिल्लीबाट हराएसँगै मूल प्रवाहले खोजीमा सक्रियता बढाएको थियो ।
पश्चिमोत्तर क्षेत्रको दिल्ली नगर अध्यक्ष सुनिल थापा र सुदूर पश्चिमोत्तर क्षेत्रको रोपड नगर समिति सचिव मदन थापा, महिला नगर संयोजक हरिकला कँडेल र नगर सदस्य भेगबहादुर टन्डन सहभागी मूल प्रवाहको टिमले युवतीलाई पन्जाबको रूपनगरबाट उद्धार गरेको थियो ।
उद्धार गरिएकी युवती मनिषा एक बालकको आमासमेत हुन । उनलाई पति गोपाल नेपालीलाई हस्तान्तरण गरिएको छ ।