• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सामाजिक सञ्जालसम्बन्धी विधेयकका अस्पष्टतालाई हटाउन राजमोको माग


  •   मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सरकारद्वारा हालै राष्ट्रियसभामा प्रस्तुत सामाजिक सञ्जालसम्बन्धी विधेयकमा रहेका अस्पष्टतालाई हटाउन माग गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ माघ २२ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै पार्टी राजमोले सो धारणा व्यक्त गरेको हो ।

    वक्तव्यमा सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक प्रस्तुत गर्दा संविधानमा उल्लेखित मौलिक हक, अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र गोपनीयताको हकबारे ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

    त्यस्तै, वक्तव्यमा पाथीभरा केबलकार निर्माणमा अवरोध गर्ने कार्यलाई राजमोले गलत मानेको छ ।

    राजमोले भनेको छ, पाथीभराको प्राकृतिक स्वरूपलाई यथावत राखेर केबलकार निर्माण गरिनुपर्दछ ।

    यस्तो छ वक्तव्यको पूर्ण पाठ :

    “सरकारले राष्ट्रियसभामा प्रस्तुत गरेको सामाजिक सञ्जालको प्रयोगसम्बन्धी विधेयक तथा पाथीभरामा केबुलकार निर्माणसम्बन्धी देखा परेका विवादको बारेमा पार्टीको धारणा सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

    १. २०८१ माघ १८ गते नेपाल सरकारले “सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१” राष्ट्रियसभामा प्रस्तुत गरेको छ । त्यसबारे हाम्रो स्पष्ट धारणा छ कि सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यक्तिको चरित्रहत्या गर्ने, गालीगलौज गर्ने, व्यक्तिगत गोपनीयतालाई भङ्ग गरिदिने, छाडा र अश्लील क्रियाकलाप सम्प्रेषण गर्नेजस्ता क्रियाकलापमाथि नियन्त्रण र नियमन गरिनुपर्ने आवश्यकता छ तर सामाजिक सञ्जालको सञ्चालन तथा प्रयोगलाई नियमन गर्नेसम्बन्धी कुनै कानुनी व्यवस्था गर्दा नेपालको संविधानले ग्यारेन्टी गरेका मौलिक हक, अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रता, गोपनीयताको हकलगायतका अधिकार हनन् वा कुण्ठित नहोस् भन्नेतर्फ सरकार सचेत हुनुपर्दछ तर यो विधेयकका प्रस्तावित विभिन्न प्रावधानलाई हेर्दा सरकारले आफ्ना विपक्षीलाई दमन गर्ने गलत नियत तथा उद्देश्यले यो कानुन ल्याउन खोजेको देखिन्छ । त्यसैले हाम्रो पार्टीले नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकअधिकारलाई कुण्ठित हुने गरी विधेयकका प्रस्तावित प्रावधान, वाक्यांश वा दुईअर्थी वा बहुअर्थी लाग्ने शब्द वा अस्पष्टतालाई हटाएर विधेयकलाई सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    २. पाथीभरामा केबलकार निर्माणसम्बन्धी विवादप्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ । पाथीभरामा केबलकार निर्माणमा अवरोध पुऱ्याउने कुरालाई हामीले सही मान्दैनौँ तर केबुलकार निर्माणसम्बन्धी योजनालाई अगाडि बढाउँदा पाथीभराको प्राकृतिक बनोटलाई कायम राखिनुपर्दछ । त्यसका साथै पाथीभरामा केबलकारको स्टेसन धार्मिक स्थलभन्दा निश्चित दुरीमा हुनुपर्दछ तर त्यो कति दुरीमा हुने भन्ने कुरा त्यहाँका जनता र केबलकार व्यवसायीको आपसी सहमति र सल्लाहबाट निश्चित गरिनुपर्ने कुरामा हामीले जोड दिन्छौँ ।”

    मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.