काठमाडौँ । संयुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपाली युवक मृत फेला परेका छन्।
नुवाकोटको बेलकोटगढी नगरपालिका–१० गैरीगाउँका ४२ वर्षीय कुबेर तिवारी आफू कार्यरत कम्पनीमै झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
त्यहाँ कार्यरत मृतकका सहकर्मीले माघ १८ गते तिवारी मृत फेला परेको जानकारी उनका परिवारका सदस्यलाई दिएका थिए ।
श्रीमतीसँग सम्बन्ध राम्रो नएपछि उनी नेपाल आउन छाडेका थिए। उनकी श्रीमती पनि छोरासहित माईतीमै बस्दै आएकी छन्।
१२ वर्षदेखि यूएईमा कार्यरत तिवारी एक पटक मात्रै छुट्टीमा फर्किएका थिए। तर उनी परिवारका अन्य सदस्यसँग भने नियमित सम्पर्कमै रहेको बताइएको छ।
यता श्रीमती र अर्का एक पुरुषको कारण आफ्ना दाजुको मृत्यु भएको भन्दै भाइ हरिहर तिवारीले दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिन खोजेका थिए।
तर प्रहरीले शव आएपछि रिपोर्ट हेरेर के गर्ने भन्ने सल्लाह गरौँला भन्दै फर्काइदिएका छन्।
शव नेपाल ल्याउनका लागि परिवारले कन्सुलर सेवा विभागमार्फत निवेदन दिएका छन्।

